Comments Add Comment

यी अभिनेताले अमिताभ बच्चनलाई किन भने कायर ?

बलिउडमा अमिताभ बच्चन यति सम्मानित छन् कि उनीमाथि नकारात्मक टिप्पणी गर्ने आँट कमैले गर्छन् । तर, पछिल्लो समय एउटा दर्दनाक बलत्कार प्रकरणमा साँधेको मौनताले उनी आलोचित बनिरहेका छन् ।

भारतीय अभिनेता प्रकाश राजले अमिताभको नियतमाथि प्रश्न उठाउँदै उनलाई ‘कायर’ संज्ञा दिएका छन् । जम्मु कश्मिरको कठुआमा भएको सामुहिक बलत्कारको बारेमा मौन रहेकाले प्रकाशले उनलाई कायर भनेका छन् ।

कठुवामा सामुहिक बलत्कारपछि ८ वर्षकी बालिकाको हत्या गरिएको थियो । त्यो घटनाले सिंगो भारतलाई तताएको थियो । थुप्रै सेलिब्रिटीहरुले यस घटनाको भत्र्सना गरे । तर, अमिताभले पटक्कै मुख खोलेनन् । जबकि उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय छन् ।

एक ठाउँमा पत्रकारहरुले घेरेर यो घटनाबारे उनको धारणा मागेका थिए । तर, अमिताभले कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘यस्ता कुरामा प्रतिक्रिया दिन घिन लाग्छ’ भन्दै पन्छिए । अमिताभको यस्तो रवैयाको सामाजिक सञ्जालमा पनि खुबै आलोचना गरिएको थियो ।

प्रकाश राजलाई अमिताभ बच्चनको मौनताबारे एक कार्यक्रममा पत्रकारले प्रश्न गरेका थिए । उनले जवाफ दिए, ‘म उनको धेरै सम्मान गर्छु । तर यो विँषयमा केही पनि नबोल्नु भनेको कायरता हो । अमिताभले यसमा बोल्नैपथ्र्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment