बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

बेलायती किसानले किन लगाइदिए गाईलाई ब्रा ?

Suzuki
अनलाइनखबर

सुन्दैमा अनौठो लाग्दछ । तर बेलायतमा चाहिँ किसानले आफ्नो फार्ममा पालेका गाईहरुलाई कल्चौडोमा ब्रा लगाइदिने गरेका छन् ।

स्कटल्याण्डको हाइल्याण्डस्ति इस्टर रोसका एक किसान दम्पत्तिले आफ्ना गाईलाई ब्रा लगाइदिएका हुन् ।

थुन सुन्निने समस्या अर्थात् मास्टिटिसबाट गाईलाई मुक्ति दिनका लागि यसो गरिएको बताइएको छ ।

वास्तवमा गाईका बाच्छा बाच्छीले अघिल्ला दुई थुन मात्र चुस्दछन् । यसो गर्दा पछिल्ला दुई थुन अर्थात् आधा कल्चौँडो गानिन्छ र सुन्निन्छ ।

सोही कारण अघिल्ला दुई थुनमा ब्रा लगाइदिएपछि बाच्छाले पछिल्ला थुन चुसिदिने र गान्निएर जम्मा भएको दुध निख्रिने कारणले थुन सुन्निने समस्या हुँदैन ।

यसरी आलोपालो गरी अघिल्लो र पछिल्लो थुनमा ब्रा लगाइदिएपछि गाईको कल्चौँडोको कुनै थुनमा दुध जम्मा हुने समस्या हुँदैन ।

डोनाल्ड रस नामका ती किसानले आफ्नो गाईलाई लगाइदिएको ब्राको तस्वीर उनका साथीले सोसल मिडियामार्फत सार्वजनिक गरिदिएका थिए ।

बीबीसी

२०७५ वैशाख ३१ गते ८:४९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • gobardhan लेख्नुहुन्छ    |   २०७५ वैशाख ३१ गते १५:०३

    it’s new tech….good .

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this