Comments Add Comment

प्रोफेसरको टिप्पणी पछि कक्षाभित्रै छात्रा निर्वस्त्र !


अमेरिकाको चर्चित केर्नेल विश्वविद्यालयमा विद्यार्थीको अनौठो प्रदर्शन देखिएको छ । उक्त विश्वविद्यालयको एउटा कक्षामा एकजना छात्राले प्राध्यापककै अगाडि जिउमा लगाएका कपडाहरु खोलिदिएकी छन् ।

ती छात्रा अलिक छोटो कपडा लगाएर कक्षामा पुगेकी थिइन् । विद्यालयको मर्यादालाई उल्लंघन गरेर छोटो कपडा लगाई आएको भनी उनीमाथि कक्षामा पढाइरहेका प्रोफेसरले टिप्पणी गरिहाले । आफूले लगाएको कपडा छोटो भएको भन्दै जब प्रोफेसरले नकारात्मक टिप्पणी गरे तब ती छात्राले सहन सकिनन् । त्यसपछि त उनले आफ्नो जिउका कपडाहरु एकपछि अर्को गर्दै खोलेर निर्वस्त्र बन्न लागिन् ।

ती छात्राको नाम लेटिटिया चेई हो । प्रोफेसर रेबेका मगारले उनको पहिरनका विषयमा आलोचना गरेका थिए । यसअघि पनि प्रोफेसर मगारले लेटिटियामाथि उनको पहिरनको विषयलाई लिएर बेला बेलामा कचकच गर्ने गरेका थिए । यसपटक कक्षामा लेटिटियाको प्रस्तुति थियो र सोही दिनमा उनको पहिरनलाई लिएर प्रोफेसरले टिप्पणी गरेपछि उनको रिसको सीमा रहेन । उनले जिउमा लगाएका सबै कपडा प्रोफेसरकै अगाडि खोलिदिइन् ।

आफ्नो साथीले कक्षाकोठामै कपडा फुकाल्न थालेपछि साथी विद्यार्थीहरु निकै असमन्जसमा परे । प्रोफेसर झनै ट्वाँ परे ।

यसरी कपडा फुकालेपछि उनले साथीहरुतर्फ हेरिन् अनि रुँदै सोधिन्, मैले के तपाइँहरुलाई नैतिक रुपमा कुनै नोक्सानी पर्याएँ ?’ त्यसपछि उनी आफ्ना कपडा समातेर कक्षाबाट बाहिर गइन् ।

लेटिटियाले आफूले प्रोफेसरको टिप्पणीमाथि कपडा फुकालेर विरोध जनाएको कुराको आफ्नै फेसबुकमार्फत पनि खुलासा गरेकी छन् ।

उनको विरोध प्रदर्शनको कतिपय छात्रले समर्थन गरेका छन् । प्रोफेसरको समर्थन गर्नेहरुले चाहिँ चेईले आफ्नो नैतिक दायरा नाघेको जनाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment