Comments Add Comment

प्रधानमन्त्रीलाई विपक्षी सांसदको प्रश्नः बैंककमा कसलाई भेट्नुभयो ?

३१ वैशाख, काठमाडौं । विपक्षी दलका कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री हुनुअघि भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको बैंकक भ्रमणबारे प्रश्न उठाएका छन् ।

संसदको सोमबारको बैठकमा विशेष समय लिएर सिंहले बैंकक भ्रमणका क्रममा कसलाई भेटेको जानकारी दिन माग गरे । ‘सुरक्षा निकायलाई भेट्नु भयो कि भारतीय नेताहरुलाई ? उहाँ आफैं खासखुस कुरा गरिराख्नु भएको छ’ उनले भने, ‘यसबारे संसदमा प्रष्ट पारिदिनुस्, बैंकको मिटिङ कोसँग थियो ? ‘

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा संस्थालाई कमजोर बनाउने काम भएको उनको आरोप छ । अरुण तेस्रोको शिलान्यासका क्रममा उर्जामन्त्री अनुपस्थित रहेको भन्दै उनले यसले संस्थालाई कमजोर पार्ने काम भचएको छ ।

भाजपा सांसद कीर्ति आजादको विवादास्पद अभिव्यक्तिबारे सरकारको धारणा मागे । कांग्रेस सांसद सिंहले दुई देशका प्रधानमन्त्रीबीच भएका ‘वान टु वान’ वार्तामा भएको सम्वादहरुको रेकर्ड परराष्ट्र मन्त्रालयमा राख्न पनि माग गरे ।

अहिले पनि भारतीय सुरक्षा बलले नेपालीहरुलाई यातना दिने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment