Comments Add Comment

अनुष्काले एक दिनपछि सम्झिन् मदर्स डे, भइन् ट्रोल

नेपालीहरुले आमाको मुख हेर्ने दिन अस्तिनै मनाइसकेका छन् । अन्तर्राष्ट्रिय समुदायमा भने हिजो १३ मेमा मदर्स डे मनाइयो ।

भारतीय फिल्म नगरी बलिउडमा मदर्स डेका दिन धेरै कलाकारहरुले आफ्नो आमालाई सम्झिए । उनीहरुले आमासँगका तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै भावुक सन्देश पनि लेखे । तर, अनुष्का शर्मालाई के भयो कुन्नी, हिजो चुपचाप बसिन् । अनि आज बिहानै आमासँगको फोटो हाल्दै मदर्स डेको सन्देश लेखिन् ।

‘म आज जुन स्थानमा छु, त्यो सबै मेरी आमाको निरन्तर सहयोग र उत्प्रेरणाको कारणले हो । यी सुन्दर आमालाई मदर्स डेको शुभकामना ।’

ट्रोलरहरुलाई यति भए पुगिगयो । एक दिनपछि मात्र मदर्स डे सम्झिएको भनेर उनलाई खुब मजाक बनाइएको छ । कसैले उनी देशबाहिर भएकाले समय फरक परेको हुन सक्ने भन्दै व्यंग्य गरे । कसैले चाहिँ चर्चामा आउनका लागि जानी जानी भोलीपल्ट आमाको फोटो हालेको पनि आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment