Comments Add Comment

शेयर बाँडफाँडको बिषयमा निर्माता संघ पछि हटेको हो ?

यस्तो छ निर्माता संघ र चलचित्र संघविचको सहमती

नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघविच १७ बुँदे सहमती भएको छ । यो सहमती २ बर्षका लागि गरिएको हो ।  विभिन्न २ बुँदे माग राख्दै नेपाल चलचित्र निर्माता संघले आन्दोलन गर्ने चेतावनी दिएपछि आइतबार बेलुकी मध्यरातमा दुई संघविच सहमती भएको थियो । सहमतीको बिषयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।

चलचित्र संघ र निर्माता संघविच भएका सहमतीका मुख्य बुँदाहरु यसप्रकार छन्ः

१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर, ब्यानर, पोष्टर र स्टाण्डी समेतको प्रचार प्रसार सामाग्रीको दुई हप्तासम्म निशुल्क सेवा प्रदान गर्ने गराउनेछ ।

२. मल्टिप्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ता भित्र भुक्तानी गर्नुपर्नेछ । यो अवधि भित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जाना सहित कारवाही गर्ने गराइनेछ ।

३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेको क्याबिनको हिसाब समेत उपलब्ध गराउनुपर्नेछ ।

४. चलचित्र घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइने छैन ।

६. काठमाण्डौ उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर रु २५० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ । उपत्यका बाहिरको हकमा टिकट दर रु २०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।

क. मल्टिप्लेक्स चलचित्र घरहरुको नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत, दोश्रो हप्ता ४५ प्रतिशत, तेश्रो हप्ता ४० प्रतिशत र चौथो हप्तादेखि ३५ प्रतिशत निर्माताले पाउनेछ ।

ख. सिंगल चलचित्र घरको नेट शेयर बाँडफाँड पचास प्रतिशतको आधारमा हुनेछ ।

ग. उपत्यका भित्र गोपीकृष्ण मुभिजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख, गुण सिनेमाको क, ख र च तथा बारही मुभिजको क हललार्य मल्टिप्लेक्स सहरको शेयर बाँडफाँड गरिनेछ ।

घ. उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बारही चलचित्रको क र ख लाई मल्टिप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।

७. बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिवद्धता रहेको छ ।

८. यो संझौता मिति २०७५ साल जेष्ठ ४ गतेदेखि लागू हुनेछ ।

कार्यक्रममा बोल्दै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले हल र निर्माताको पीडालाई सम्बोधन गर्दै यो सहमती गरिएको बताए । उनले, झट्ट हेर्दा शेयर बाँडफाँडको बिषयमा निर्माताहरु पछि हटेको जस्तो देखिएपनि बर्षभरी प्रदर्शनमा आउने सम्पूर्ण चलचित्रलाई सम्बोधन गर्दा १० प्रतिशत पहिलेको भन्दा निर्मातालाई फाइदा हुने बताए । यस्तै, चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले निर्माता र प्रदर्शक दुबैको आ आफ्नै पीडा भएकाले मध्यविन्दुमा सहमती गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment