Comments Add Comment

भाजपाका सांसद आजादको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले जनकपुर भारतमै फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

सोमबार प्रेस विज्ञप्ति निकाली कांग्रेसले मोदीको नेपाल भ्रमणका क्रममा सांसद आजादले ट्वीटमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कांग्रेसले गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

‘दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुरसम्बन्धमा खलल पुर्‍याउने अभिप्रायाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

सांसद आजादको उक्त अभिव्यक्तिको भत्र्सना गर्दै कांग्रेसले सांसदबाटै आएको यस्तो अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सहृय हुन नसक्ने बताएको छ ।

यससम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न कांग्रेसले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment