शनिबार, १२ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

घाम तापिरहेकी हट प्रियंका

Suzuki
अनलाइनखबर

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भने आफ्नो परिवारसहित बेवर्ली हिल्समा छुट्टी मनाइरहेकी छन् । उनले आफ्नो परिवारसँग बिताएका पलहरुको तस्वीर हालै इन्स्टाग्राममा सेयर गरिन् ।

तीमध्ये एउटा तस्वीर यतिबेला भाइरल भएको छ । उक्त तस्वीरमा प्रियंका रातो रंगको मोनोकिनी लुकमा देखिएकी छिन् । वान पिस स्वीमसुटमा उनको हटनेस गज्जबले छचल्किएको छ । फुटोनमा सुतेर घाममा आफूलाई सुकाइरहेकी प्रियंकाको यो अवतारले जस्तोसुकै शान्त हृदयलाई पनि अस्थिर बनाउन सक्छ । मोनोकिनी बिकिनी, फुलवाला सर्ट र टाउकोमा ह्याटका साथ उनी असाध्यै खुलेकी छिन् ।

प्रियंकाको स्टारडम यतिबेला बलिउडमा मात्र सिमित छैन । उनले हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी छिन् । लोकप्रिय अमेरिकी टिभी शो क्वान्टिकोको तेस्रो सिजनको सुटिङ सिध्याएर उनी चाँडै भारत फर्किने छिन् र सलमान खानसँगको फिल्म ‘भारत’ मा व्यस्त हुनेछिन् । पछिल्लोचोटि उनी तीन वर्षअघि हिन्दी फिल्म जय गंगाजलमा देखिएकी थिइन् । भारतीय दर्शकहरु उनको कम ब्याकको प्रतीक्षामा छन् ।

२०७५ जेठ १ गते १०:०२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this