Comments Add Comment

एनआरएन मलेसिया क्षेत्रीय कमिटीका पदाधिकारीलाई प्रमाणपत्र वितरण

१५ मे,  मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको जोहोर क्षेत्रीय कमिटीले जोहोरमा अन्तरक्रियात्मक कार्यक्रमसहित चियापान तथा पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।

जोहोर क्षेत्रीय कमिटीका अध्यक्ष रविलाल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए सिंगापुरका आइसीसी सदस्य राजु शर्मा एनआरएनए सिंगापुरका अध्यक्ष विश्व प्रकाश कार्की, एनआरएनए मलेसियाका युवा संयोजक ज्ञानेन्द्र ठकुरी, सदस्य कृष्ण प्रसाद नेपाल, बलबहादुर राई, आदिवासी जनजाति महासंघका सल्लाहकार मातृका धिमाल, जनसम्पर्क समिति जोहोरका अध्यक्ष गोविन्द लिम्वु लगायत जोहार क्षेत्रमा रहेका विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियात्मक कार्यक्रममा एनआरएन मलेसिया तथा क्षेत्रीय कमिटीलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ, त्यस क्षेत्रमा परेका समस्याहरुलाई कसरी सम्वोधन गर्न सकिन्छ जस्ता आआफना धारणाहरु राखेका थिए ।

जोहोर क्षेत्रीय कमिटीले बेलाबेला यस्ता कार्यक्रमहरु निरन्तर गरिरहने र आउन लागेको विदाको सदुपयोग गर्दै मलेसियामा रहेका ब्यापारीहरुसँगको सहकार्यमा सांकेतिक कार्यक्रम समेत गर्न लागेको अध्यक्ष रविलाल अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment