शुक्रबार, ११ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

केपी ओलीलाई पत्र- आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?’

Suzuki

सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार !

तपाईं प्रधानमन्त्री भएपछि तपाईंको नाममा यसअघि पनि एउटा पत्र लेखेकी थिएँ । बिषय थियो शेयर बजार सम्बन्धी । आज दोश्रो पत्र लेखेकी छु ।

छिमेकी देश भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बिषयलाई लिएर बिभिन्नस्तरमा बिभिन्नखाले क्रियाप्रतिक्रियाहरूको बाढी नै लागिरहेको छ । त्यही प्रसंगमा मैले पनि यस पत्रमार्फत तपाईं समक्ष आफ्नो विचार प्रेषित गरेकी छु ।

प्रधानमन्त्रीज्यू !

शक्तिशाली छिमेकी देशको शक्तिशाली प्रधानमन्त्रीको भ्रमणले तपाईंको लोकप्रियता शिखरतिर उकालो लाग्नु पर्ने हो । तर, तपाईं मान्नुस् नमान्नुस् मोदीको नेपाल भ्रमणले तपाईंको लोकप्रियता एकाएक ओह्रालो झरेको छ । देश दुनियाँलाई थाहा छ, तपाईं हिजो लोकप्रियताको शिखरमा मोदीजीकै कारणले पुग्नु भएको थियो । त्यतिमात्रै होइन, नेपाली इतिहासकै सर्वाधिक शक्तिशाली शासक पनि मोदीजीकै कारणले बन्नु भएको हो ।

भारतीय शासकहरूको ‘ठुल्दाइ प्रवृत्ति’को कारण नेपाली जनता भारतीय शासकहरूप्रति कहिल्यै सकारात्मक बन्न सकेका छैनन् । पछिल्लो पटक दुई वर्षअघि यिनै मोदीले मधेसलाई उचालेर नेपालमाथि नाकाबन्दी गरेपछि नेपाली जनता असन्तुष्ट मात्र होइन आक्रोशित बने । मोदीको अघोषित नाकाबन्दीविरूद्ध तपाईंले लिनुभएको अडान साँच्चै प्रसंशायोग्य थियो । नेपाली जनताले मुक्तकण्ठले तपाईंको प्रसंशा गरे । जनतामा नाकाबन्दीको कारण पैदा भएको आक्रोश तपाईंप्रति विश्वासमा रूपान्तर भयो । फलस्वरूप तपाईं इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्न पुग्नु भयो । मैले मोदीको कारण तपाईंको लोकप्रियता बढ्यो भन्नुको कारण यही हो ।

नाकाबन्दीको पीडा नेपाली जनताले बिर्सिसकेका थिएनन् । जनता चाहन्थे, मोदीले नेपाली जनतासामु माफी मागुन् । र, आइन्दा भूपरिवेष्ठित छिमेकीमाथि नाकाबन्दी नगर्ने बाचा गरुन् । भारतले हाम्रो आन्तरिक मामिलामा अनावश्यक चासो नदेखाओस्, हस्तक्षेप नगरोस् । सन् १९५० लगायत असमान सन्धिसम्झौताहरू खारेज गरोस् ।

यी सबै काम गराउन शक्तिशाली राष्ट्रवादी प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरुन् । तर, बिडम्बना, तपाईंले जनताले चाहेअनुसार एउटा पनि काम गर्न सक्नु भएन । बरू उल्टो कहिले चटके शैलीमा राजस्थानी पहिरन पहिरिएर जग हसाउनु भयो त कहिले हिजो आफ्नै पार्टीले राष्ट्रघात हुन्छ भनेर रोकेको अरूण-३ को छापामार शैलीमा संयुक्त शिलान्यास गरेर आफ्नै मन्त्रीपरिषदका मन्त्रीहरूलाई समेत चकित पार्नुभयो ।

प्रधानमन्त्रीज्यू !

अरूण-३ को शिलान्यास राष्ट्रघात हो भनेर म भन्दिनँ । तर, यति ठूलो र दीर्घकालीन महत्व राख्ने प्रोजेक्टको शिलान्यास गर्दा पर्याप्त गृहकार्य गर्नु पर्दैन ? यस्तो प्रोजेक्टको बारेमा जनतालाई सूचित गराउनु पर्दैन ? सुन्दैछु- ‘नेपाल सरकारले यो आयोजनाको लागि भारतीय कम्पनीलाई १० वर्षसम्म १०० प्रतिशत कर छुट दिने साथै, थप ५ वर्षसम्म भारतीय कम्पनीलाई ५० प्रतिशत कर छुट दिने । आयोजनामा काम गर्ने सबै जनशक्ति भारतीय कम्पनीले भारतबाटै ल्याउने, आयोजनाको लागि आवश्यक सम्पूर्ण सामाग्रीहरू भारतबाटै ल्याउने र त्यसको ५० प्रतिशत भन्सार छुट दिने ।’

के यो सत्य हो ? नेपाली जनता सत्य थाहा पाउन चाहन्छ । प्रधानमन्त्रीज्यू, यदि यो कुरा सत्य हो भने तपाईंले अरूण-३ शिलान्यास गरेर राष्ट्रघात नै गर्नु भएको हो । अन्यथा, यस्ता ‘बिग प्रोजेक्ट’ हरू राष्ट्रिय हितलाई शिरमा राखी निश्चित समयावधिको लागि उसैले सन्चालन गर्न पाउने गरी विदेशी कम्पनीहरूलाई बनाउन दिने प्रचलन छ ।

भूमण्डलीकृत विश्वमा एक्लो टापु बनेर बाँच्न नेपाललाई पनि सम्भव छैन । देश समृद्धिको यात्रामा बामे सर्न शुरू गरेको छ । समृद्धिको प्रथम पूर्वाधार भौतिक पूर्वाधारको निर्माण नै हो । जसको लागि विदेशी पुँजीको लगानी अपरिहार्य जस्तै छ । महादेशीय आकारका दुई शक्तिशाली छिमेकीहरू नेपालमा लगानी गर्न खुट्टा उचालेर बसेकै देखिन्छ । छिमेकीहरूको लगानी हामीले ल्याउनै पर्छ । तर आफ्नो राष्ट्रहितलाई शिरमा राखेर मात्र ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले मोदीलाई भेटेको र त्यसबेला घुँडा टेक्न गएको भनेको भन्दै प्रश्न गर्ने आज आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?

रिसानी माफ गर्नुहोला प्रधानमन्त्रीज्यू । प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले मोदीलाई भेटेको र त्यसबेला घुँडा टेक्न गएको भनेको भन्दै प्रश्न गर्ने आज आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?

भारतसँगको सम्बन्ध ‘न संघर्ष, न समर्पण’ भन्दा बीपी कोइरालालाई हटाउन राजा महेन्द्रले भारतलाई चिठ्ठी लेखेका थिए, चाहे समृद्धिको सवालमा होस्, चाहे छिमेकीहरूसँग गरिने सम्बन्धको सवालमा । हिजो बाबुरामले बिप्पा गर्दै गर्दा बाह्र हात उफ्रेर बिरोध गर्नेको पंक्तिमा तपाईंको पार्टी पनि थियो । छिमेकीहरूसँग सन्तुलित र कुटनीतिक सम्बन्ध बनाउनु पर्छ भन्ने बाबुरामलाई र अन्य नेताहरुलाई राष्ट्रघाती भारतीय दलाल भन्दै नारा लगाउने तपाईंको पार्टी पनि थियो ।
आखिर आज प्रधानमन्त्रीको कुर्सीमा बसेर तपाईं पनि त त्यही गर्दै हुनुहुन्छ । त्यसैले प्रधानमन्त्रीज्यू, क्षणिक लोकप्रियताको लागि सत्यको गहिराइमा नपुगी सस्तो राजनीति नगर्दा नै राम्रो होला । तपाईं प्रष्ट हुनुहोला । कालोलाई कालो र सेतोलाई सेतो भन्ने एक सचेत नागरिक हुँ ।

प्रधानमन्त्रीज्यू ! मेरा थप केही असन्तुष्टि र आशंकाहरू पनि छन् । सायद यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो । नागरिक अभिनन्दनको क्रममा २ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबू राउतले नेपालको संविधान विभेदकारी भएकाले यसका बिरूद्धमा आफूहरू संघर्षमा रहेको कुरा गरेर खुलेआम हस्तक्षेपको लागि मोदीलाई गुहारे । के यो सैहृय कुरा हो ? त्यस्तै सम्बोधनको क्रममा राउतले ‘राज्यद्वारा मधेसीप्रति जारी विभेदकारी नीति र पूर्वाग्रह र विद्वेषपूर्ण मानसिकताका कारणले नै मधेसका मानिसहरू तुलनात्मक रूपमा अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जीउन विवश छन्,’ सम्म भन्न भ्याए ।

प्रधानमन्त्री ज्यू, सत्ता बाहिर हुँदा ‘भारतीय बिस्तारवाद’ सत्तामा गएपछि उसैको ‘चाकडी र आशिर्वाद’ भन्ने आरोपबाट तपाईं पनि अछुतो रहनुसक्नु भएन ।

यो कुन र कस्तो कुटनीति हो ? एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशको मुख्यमन्त्री जस्तो गरिमामय कुर्सीमा बसेको व्यक्तिले यस्तो अभिव्यक्ति दिन मिल्छ ? मुख्यमन्त्री कुनै व्यक्ति होइन, संस्था हो । लालबाबू राउतजी पनि कतै मधेस देशको नारा लगाउने बिखण्डनवादी सिके राउतकै लाइनमा त छैनन् ? गम्भीर शंका उब्जाएको छ । लालबाबूजी आबद्ध पार्टीले पनि अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । प्रधानमन्त्रीको हैसियतले केपी ओलीज्यूले पनि जनताले बुझ्ने भाषामा केही बोल्नु भएको छैन । के यसरी मौन रहनु मिल्छ ?

जनकपुरमा मोदीको अभिनन्दन चलिरहँदा मोदीको पार्टी भाजपाका सांसद कीर्ति आजादले जनकपुर भारतको थियो । अब भारतले फिर्ता लिनु पर्छ भनेर ट्वीट गर्नु, अभिनन्दन समारोहस्थलमा स्वतन्त्र मधेसको प्लेकार्ड प्रदर्शन र खुलेआम नारा घन्कदा सरकार बेखबर हुनुलाई के भनेर बुझ्ने जनताले ? के यो संयोग मात्र हो ? या मधेस बिखण्डनको गम्भीर षड्यन्त्र हो ?

प्रधानमन्त्रीज्यू ! निश्चय नै तपाईं पहिचानको मुद्दामा उदार हुनुहुन्न । तर तपाईंले चाहे पनि नचाहे पनि देश संघीयतामा गइसक्यो । सायद यही सत्यवोधका साथ तपाईं मधेस र मधेसीप्रति विगतमा बिगि्रएको सम्बन्धलाई सुधार्न मोदीजीको भ्रमण जनकपुरबाट गराउन तयार हुनु भयो । तपाईंको स्वागत मधेसी जनताहरूले दिल खोलेर नै गरे ।

केन्द्रीय राज्यसत्ता मधेसको मामलामा बिभेदकारी भएकै हो । यो सत्य स्वीकार गर्नै पर्छ । ढिलै भए पनि त्यो चेत तपाईंमा खुलेको देखिन्छ । हिमाल, पहाड, तराई-मधेस सबैलाई समान अधिकार, समान अवसर दिई साँच्चैको भावनात्मक एकता कायम गराउन स्वच्छ मनले लागि पर्नुस् प्रधानमन्त्रीज्यू । अवश्य तपाईंलाई सफलता मिल्ने छ ।

अन्तमा, सम्माननीय प्रधानमन्त्रीज्यू !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले तपाईंको राष्ट्रवादी छविमा प्रश्न उठाएको छ । सत्ता बाहिर हुँदा ‘भारतीय बिस्तारवाद’ सत्तामा गएपछि उसैको ‘चाकडी र आशिर्वाद’ भन्ने आरोपबाट तपाईं पनि अछुतो रहनुसक्नु भएन । पक्कै पनि झिनामसिना कामहरू धेरै भएका होलान् यस भ्रमणमा । तर इतिहास निर्माण झिनामसिना कामले हुँदैन । साहसिक निर्णयले मात्र हुन्छ । साहसिक निर्णय गर्ने अवसर अझै तपाईंसँग बाँकी छ । असमान सन्धिसम्झौताहरू खारेज गरी देशको हितानुकूल नयाँ सन्धिसम्झौताहरू गर्न सक्नुभयो भने साँच्चै तपाईं राष्ट्रवादी नेताको रूपमा युगौंयुग बाँच्नुहुने छ । अन्यथा तपाईंको पनि हालत उस्तै हुनेछ, जस्तो पहिलाका प्रधानमन्त्रीहरूको हुँदै आयो । रोजाई तपाईंको ।

२०७५ जेठ १ गते १२:१४ मा प्रकाशित

लेखक परिचय

राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्
लेखकबाट थप

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१६ प्रतिकृयाहरू प्राप्त
  • yaadab लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १४:३१

    लेखिका लाई मेरो प्रश्न्
    १ । शेर बहादुर प्राधान मन्त्री हुँदा भारतिय लम्पसारवाद सम्बन्धमा कतिवटा पत्र लेख्नु भयो ?
    २ । नेपाली कङ्रेसले भारतले नाकाबन्दी गरेको हैन भनी रहेको बखत तपाइको कलमको मसी सुकेको थियो ?
    ३ । केपी वलीले राजस्थानी ड्रेसलएर चटक देखायो भनेर नेख्नु भा’छ । अल्प ज्ञान बिष समान भनेको यही हो ।ज्ञानको स्तर बढाउनु होला । त्यो ड्रेस राजस्थानी ड्रेस नभएर मिथिला सन्सक्रीतीको बिशेष पहिरन हो । अनि मिथिला भनेको जनकपुर वरपरको राजा जनकको राज्य क्षेत्र हो । तपाइको उपरोक्त लेखले मिथिला पहिरन को पनि अपमान भएकोमा खेद प्रकट गर्दछु ।
    ४ ।अरुणा ३ मा के राष्ट्र्घात भयो ? प्रष्ट पार्न सक्नु भएन ? सबैकुरामा राष्ट्रघात देख्ने तपाईको नजर को दोष हो भनेर किन न भन्न सक्ने ?

    51
    26
    Share

  • prem लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १६:०२

    ekpakchhiya lekh.

    17
    11
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १७:५३

    आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?’
    Madam Nepali Congress (Gagan Thapa) party ko ho?

    21
    6
    Share

  • bigyan parajuli लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १८:०५

    SAHI X RADHA G HAJUR KO LEKHAI

    10
    17
    Share

  • फर्सुराम पाण्डे लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते २२:१२

    लेखिका ज्यु !
    #अल्पज्ञान
    १)पहिरन राजेस्थानी हैन,मैथिली हो । मोदिले लगाएको पहिरन पनि केपि ओलिको गिफ्ट हो। पहिलेनै दूतावास मार्फत पठाईएको हो। यो परम्परा बिदेशी मुलुकमा पनि छ।
    २)अरुण३ टेन्डरमा नै उसैले जित्यो त क्यार्नु ? तेसै कोशी,गण्डकी,महाकाली बेचे जसरी बेचेको हैन।

    18
    5
    Share

  • दिपेश सापकोटा लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते ८:५८

    येस्ता न्युज पोस्ट गर्ने नि उस्तै बेतुक फलाक्ने नि उस्तै । म त केकानै गजब चिट्ठी होला भनेको त ताइ न तुइ को गगने को भासा पो होइछ 😁 बिस्लेस्न गर्नु नै थियो भने एथार्थ अध्यन गरेर पो गर्नु ।अनि पो बल्ल पत्र जस्तो लाग्छ । पत्र लेख्दा कांग्रेस मावो अनेक पार्टी को गहिरो अध्यान गर्नु पहिला । येस्ता कांग्रेस को जुठो छर्लक्क नजार आउने तर्क मजा आयेन पढ्दा ।

    18
    4
    Share

  • राज कुमार लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:५१

    राधा तिमि यस्तो वाईयात लेख न…लेख…ल !!!!!!

    6
    3
    Share

  • swaroop krishna sharma लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १७:३३

    Good Job

    4
    7
    Share

  • Chet Nath Itani लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १८:२९

    नेपाल र भारत बिचका विवाद तथा बिभिदका बिषय सार्बजनिक रुपमा मोदी संगको भेटमा प्रस्तुत गर्ने प्रथम PM KP ओली हुन् l

    4
    2
    Share

  • गगन लाल सार्की लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:५६

    भारत संग सम्बन्ध बिगारेर जनतालाई दुःख दिन चाहेको हो तपाई. ओलीले जे गर्या छन. ठीक छ.

    6
    2
    Share

  • Jeebachh Yadav लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २०:१५

    केन्द्रीय राज्यसत्ता मधेसको मामलामा बिभेदकारी भएकै हो । यो सत्य स्वीकार गर्नै पर्छ । ढिलै भए पनि त्यो चेत तपाईंमा खुलेको देखिन्छ । हिमाल, पहाड, तराई-मधेस सबैलाई समान अधिकार, समान अवसर दिई साँच्चैको भावनात्मक एकता कायम गराउन स्वच्छ मनले लागि पर्नुस् प्रधानमन्त्रीज्यू । अवश्य तपाईंलाई सफलता मिल्ने छ ।

    6
    2
    Share

  • मिलन लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ०:५०

    आफूले गर्दा पूण्य, अरुले गर्दा पाप ?

    भारतसँगको सम्बन्ध ‘न संघर्ष, न समर्पण’ भन्दा बीपी कोइरालालाई हटाउन राजा महेन्द्रले भारतलाई चिठ्ठी लेखेका थिए, चाहे समृद्धिको सवालमा होस्, चाहे छिमेकीहरूसँग गरिने सम्बन्धको सवालमा । हिजो बाबुरामले बिप्पा गर्दै गर्दा बाह्र हात उफ्रेर बिरोध गर्नेको पंक्तिमा तपाईंको पार्टी पनि थियो । छिमेकीहरूसँग सन्तुलित र कुटनीतिक सम्बन्ध बनाउनु पर्छ भन्ने बाबुरामलाई र अन्य नेताहरुलाई राष्ट्रघाती भारतीय दलाल भन्दै नारा लगाउने तपाईंको पार्टी पनि थियो ।

    1
    0
    Share

  • Hari लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ७:२०

    येस्ता केरिनि को लेख पनि के पढ्नु , कुनै प्रस्ट ठोस कारण न देखाई तेसै एकतर्फी गालि गरेर मात्र हुन्छ? के के गरेको भए ठिक हुन्थ्यो त मोदी आउदा ? कुन कुन कुरा गलत भए ? प्रस्ट पारे राम्रो हुन्थ्यो |

    1
    0
    Share

  • rojina thapa लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ११:४३

    ykdam sahi vneko

    1
    0
    Share

  • silash rai लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते १२:५४

    yeslai lekha bhanidana copy pest bhanichha .gagan thapako bhasan ta sabile suneko honi.sakesamma baru kam lekhnuss tara bina arthako lekhle tapiko xyamata kamjor dekhauxa .lekhnu bhayo teslai samman xa.

    0
    0
    Share

  • Shankar shrestha लेख्नुहुन्छ    |   २०७५ जेठ ५ गते १८:२६

    आफुले पाप गर्दा पाप, अाफुले पुन्य गर्दा पुन्य चै हो नानी। बोली फुटेका छन भन्दैमा राजनीतिक तोते भाषा बोल्न सिक्दै रचिन। अरुले पाप गरे पाप नै भन्ने हो, ति पाप के थिए सप्रमाण राखिएका छन। अहिले गरेको पापको एउटा वाक्य पनि लेख्न सक्ने तागत नहुनेले तुलना के सँग गरेको हो? गगनेकी चेली परिछौ, भाषा पनि उसैको सापटी लिकन पो छ त। लेख्दा लेख्दै आँफै दिग्भ्रमित भएको चै के हो यो? घरी छिमेकिको सहयोग चाहिन्छ रे, घरी राष्ट्रघात भयो रे। घरी मधेशले खोजेको पहिचान ठीक हो रे, अनी ओलिले स्विकारे रे। पहिचानको नाममा मधेशले खोजेको एजेन्डा ओलिले स्विकारे कि, मधेशी मोर्चा ओली डेग नचलेपछी पछ्याउन थाले? १९५० को सन्धिको बारेमा नानीलाई “स” पनि थाहा छैन जस्तो छ के भैरहेको छ भन्ने बारेमा। भ्रमणका सन्दर्भमा औपचारिक रुपमा १६ बुँदे सहमती भएका छन, ति मध्य कुन चाँही बुन्दा “पाप” भो यि नानीले व्याख्या गरे हुने नि। उडन्ते कुरामा थुतुनो चलाएर बिष्लेशिका भैदैन नानी। लेख्न बामे सर्ने प्रयास गर्दै गरेको हो भने ठिकै छ। एस्ता सतही गफ चुट्न थुतुनो हेरेर अनलाइन खबरले स्थान दिएको भये थाहा छैन, तर गुदीको त “गु” पनि देख्दिन त, के लेख्या एस्ता छिपछिपे तालले?

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this