Comments Add Comment

महिन्द्रा टु ह्वीलर अब जनकपुरमा

१जेठ, जनकपुर । अग्नि मोटो इन्कले महिन्द्रा टुहृवीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित जनकपुरमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । यो शोरुम वैशाख २९ गतेबाट शुभारम्भ गरिएको छ ।

जनकपुरस्थित महागणपति अटो सेल्स शोरुमको समुद्घाटन प्रदेश नं.२ का सांसद रामआशिष यादवले गरेका थिए । शोरुम शुभारम्को अवसरमा नगद छुटको व्यवस्था मिलाइएको छ । १० हजार ३७५ देखि २ लाख ७ हजार ५०० सम्मको छुट प्राप्त गर्न सकिने यस अवसरलाई महारम्भको नामबाट अगाडि सारिएको छ ।

कम्पनी केवल विक्री गर्नतर्फमात्र केन्दि्रत नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्दि्र्रत रहेको छ । चाहिएको बेला सर्वसुलभ तरिकाबाट बाइक तथा स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकरुलाई स्पेयर पार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य रहेको छ । साथै शोरुमको स्थापनासँगै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment