Comments Add Comment

गगन थापालाई राज्यमन्त्रीको जवाफः भ्वाङ घुँडामा हो कि वुद्धिको भाँडामा ?

१ जेठ, काभ्रे । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सरकारले घुँडा टेक्छ कि भनेर प्रचार गर्नु गलत भएको बताएका छन् । उनले कांग्रेस नेता गगन थापालाई जवाफ दिँदै ओली सरकारको घुँडामा होइन, कांग्रेसीहरुको वुद्धिको भाडोमा भ्वाङ परेको बताए ।

सोमबार संसदमा बोल्दै थापाले हिजो भारतीय राष्ट्रपतिलाई स्वागत गर्दा घुँडा टेक्यो, घाउ लाग्यो भन्ने ओली नेतृत्वको सरकारको अहिले घुँडामा भ्वाङ पर्‍यो कि परेन भनि प्रश्न गरेका थिए ।

मंगलबार काभ्रेमा आयोजित कार्यक्रममा एमाले सांसद समेत रहेका सञ्चारराज्यमन्त्री बास्कोटाले भने, ‘७२ साल सम्झनुस् ! भ्वाङ घुँडामा हो कि वुद्धिको भाँडामा ?’

केपी ओली सरकारले नाकाबन्दीलाई नाकाबन्दी भनेको भन्दै उनले ‘कांग्रेसका केही काजीहरुले नाकाबन्दीबारे केही बाेल्न सक्नुभयो ?’ भन्ने प्रश्न समेत गरे ।

मोदीको स्वागतमा तामझाम गरेको भन्दै भइरहेको आलोचनाप्रति इंगित गर्दै उनले भने, ‘पाहुनालाई स्वागत र सकेकोे सम्मान गरिहाल्छौं । हामीले के ढुङ्गाले हान्नु पर्ने थियो र ?’

बास्कोटाले पार्टी एकता भइछाड्ने भन्दै पार्टी एकता हुँदैन भनेर खुर्सानीको धुप हाल्नुको कुनै तुक नभएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment