Comments Add Comment

सिटिजन्स बैंकको ६ नयाँ शाखा खुल्यो

१ जेठ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ नयाँ शाखा स्थापना गरेको छ । इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गरि कुल ६ स्थानमा शाखाहरु संचालनमा ल्याएको हो ।
|
बैंकको केन्द्रीय कार्यालय नारायणहिटीपथमा आयोजित पत्रकार सम्मेलनबीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी शाखाका कारोबार सुरुवात गरे ।

सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाताभन्ने नीति अवलम्बन गरेको जनाएको छ । बैंकले यसअघि पाल्पाको छहरा, नवलपरासीको भुमही, मकवानपुरको मनहरी , बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर र दाङको बंगलाचुलीश शाखाहरु संचालनमा ल्याइसकेको थियो ।

निकट भविष्यमानै बैंकले प्युठानको झिमरुक ,पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी , कैलालीको म्ाोहन्याल, काठमाडौँको टोखा र थानकोटमा यसै आथिर्क वर्षभित्र थप शाखा संचालन गर्ने योजना रेहको सीईओ भण्डारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment