+
+

एनएमबि बैंकको १६ नयाँ शाखा एकैपटक सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १ गते १८:३१


१ जेठ, काठमाडौं । एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो ।

शाखा बिस्तार योजना सँगै बैंकको कुल १०८ शाखा ४ एक्टेन्सन काउन्टर ९२ एटिएम पुगेको छ भने बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशका तराई , पहाड तथा हिमाल सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच बढेको छ ।

एनएमबि बैंकको नँया शाखाहरुको सुरुवात भए सँगै स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तरमा समेत साकारात्मक प्रभाब पर्ने र सरल बैकिङको पँहुचमा सर्वसाधारण पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी  प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?