Comments Add Comment

प्रेम राइको उद्दारका लागि जेद्दाका नेपालीको ८ लाख ९२ हजार सहयोग

१५ मे, जेद्दा । बिगत दुई वर्षदेखि साउदी अरबको रियादस्थित मलाज जेलमा बन्दी रहेका इलामका प्रेमबहादुर राइको उद्दारका लागि साउदी अरबकै जेद्दा क्षेत्रमा रहेका नेपाली समुदायले ८ लाख ९२ हजार १२४ रूपैयाँ चन्दा सहयोग गरेका छन् ।

उक्त रकम पत्रकार रबी लामिछानेको हातबाट प्रेम राई उद्दार अभियानका निमित्त गठित मुलसमितिलाई सोमबार एक बिशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बिगतमा साउदीमै रोजगारी गरी फर्किएका युबा क्लबका भूपु सदस्यहरू साही बहादुर धिमाल, थिरनाथ भट्टराई र राम शाहको पनि उपस्थिति थियो ।

रकम जुटाउन नेपाली यूवा क्लब जेद्दाले संयोजनकारी भूमिका निर्बाह गरेको थियो भने अन्य संस्थाहरू तमु धी जेद्दा, नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरब, आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति जेद्दा, गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दा, नेपाली सेवा समाज जेद्दाले पनि उल्लेख्य सहयोग गरेका थिए ।

संस्थाहरूले रकम संकलनको थालनी गर्नुअघि अनिस प्रतिष्ठान संस्थामा रहेको भनिएको २ करोड ३६ लाख रूपैयाँ बाट प्रेमको उद्दार गरिनुपर्छ भनि प्रेस बक्तब्य जारी गरेका थिए ।

११ मे मा महाबाणिज्य दूतावासमा भएको भेलामा क्लबका प्रमुख सल्लाहाकार नरकुमार मगरले जेद्दामा अभियानको थालनी, संकलित रकमको विवरण र अभियानअन्त गरेको जानकारी गराएका थिए ।

बिगतमा थानेश्वर भुषालका निमित्त पनि अत्यन्त सकृयताकासाथ चन्दा संकलन गरेका जेद्दाका नेपालीहरूले प्रेम राइलाई पनि सोही ढंगले सहयोग गरेकोमा सबै चन्दा दाताहरूप्रति आफू कृतज्ञ रहेको क्लबका अध्यक्ष कृष्ण भट्टराइले बताए ।

राई बिगत दुई वर्षदेखि परिबन्दले गर्दा साउदीको जेलमा छन् । उनले झण्डै ९५ लाख नेपाली रूपैयाँ नबुझाएसम्म उनी जेलमुक्त हुने छैनन् ।

सहयोग रकम ग्रहण गर्नेक्रममा प्रेम उद्दार अभियानका कोषाध्यक्ष अनिता ताम्बुछाले आबश्यक रकम लगभग संकलन भइसकेकाले अब छिट्टै अभियान स्थगित गर्ने योजना रहेको र उनको रिहाइको निमित्त अन्य आवश्यक प्रकृया अगाडि बढाउने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment