Comments Add Comment

सिद्धार्थ फाउन्डेसनद्वारा मातृसेवा परियोजनाको लागि आर्थिक सहयोग

१ जेठ, काठमाडौं । सिद्धार्थ बैंकद्वारा प्रबर्द्धित सिद्धार्थ फाउन्डेसनले फेज नेपालको मातृ स्वास्थ्य सेवा परियोजना सहयोगार्थर् रु. ४ लाख आठ हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

सहयोग रकम एक समारोहका बीच बैंकका अध्यक्ष मनोजकुमार केडियाले फेज नेपालका अध्यक्ष राजेन्द्रकुमार कार्कीलाई हस्तान्तरण गरे ।

सो सहयोग रकम मुगु जिल्लाको दुर्गम क्षेत्रका सुत्केरी महिला र नवजात शिशुहरुको लागि लुगा तथा कम्बल वितरण गर्नका लागि प्रयोग गरिने छ ।

कार्यक्रममा बैंकका अध्यक्ष केडियाले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment