Comments Add Comment

सिटी एक्स्प्रेस फाइनान्सले दिने भयो हकप्रद सेयर


१ जेठ, काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वाषिर्क साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामाले अर्थिक वर्ष २०७३/०७४ को वाषिर्क प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँग सँगै हाल कायम चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु पारित गरेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड पुर्‍याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको जानकारी अध्यक्ष चन्द्र टण्डनले गराए ।
सो वाषिर्क साधारणसभामा संस्थापक समूहको तर्फबाट दुई जना संचालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment