Comments Add Comment

यूएईको प्रतियोगितामा नेपाली खेलाडीहरुलाई पदकैपदक

१५ मे, दुबई । गत मे ११ तारिखमा यहाँ आयोजित बुदोकन इन्टरनेसनल कराते च्याम्पियनसीपमा नेपाली टीमका खेलाडीहरूले १८ स्वर्ण, ७ रजत र ५ कास्य पदक हासिल गरेका छन् ।

प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरुले काता र कुमुते विधामा च्याम्पेन अफ च्याम्पेन पदक हात पार्न सफल भएका हुन् ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय मान्यता प्राप्त निर्णायक तथा एभरेष्ट मार्शल आर्ट क्लबका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबी शाहीका बअनुसार उक्त प्रतियोगितामा च्याम्पेन अफ च्याम्पेन काता विधामा पर्शुराम बास्तोला र सरिता श्रेष्ठ तथा कुमुते विधामा दिवस श्रेष्ठ र कुसुम खड्का बन्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा कुमुते तर्फ दिवस श्रेष्ठ, कुसुम खड्का, मोनिका थापा, लक्ष्मण थापा, केञ्जल श्रेष्ठ, आशना पाण्डे, केना पटेल, सुरोज पाखरिन, निस्का कमल, शिवप्रकाश भुसाल, राजन कुमार पाइजा, सरिता श्रेष्ठले स्वर्णपदक प्राप्त गरेका छन् ।

कातातर्फ स्वर्णपदक हासिल गर्नेहरुमा पर्शुराम बास्तोला, सरिता श्रेष्ठ, चन्ऽ खड्का, मोनिका थापा, आशना पाण्डे, आर्यन पाण्डे रहेका छन् ।

रोजगारका साथमा यूएईमा आयोजित अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भइ रजत पदक विजेता काता र कुमुते तर्फ मधु लामा, प्रेम राना, भुसन्त हुमागाइ, भीमसेन घर्तीमगर, रिचिका बानियाँ, आर्यन पाण्डे, केञ्जल श्रेष्ठ रहेका छन् ।

त्यसरी नै कास्य पदक काता र कुमुतेमा नवीन श्रेष्ठ, राम लामा, ज्ञानु पुन, चन्ऽ खड्का, भूपेन्ऽ पुनले पाएका छन् ।

नेपालको तर्फबाट निणर्ायक मण्डलमा रबि शाही, साइला घमाल, सन्जय रन्जित, लक्ष्मण खड्का, विशाल पुन र प्रेम श्रेष्ठ रहेका थिए ।

कोचमा पर्शुराम घिमिरे, सिनियर अफिसियल टिम मेनेजर ज्ञानबहादुर जिम्बा र रामकुमार थारु रहेका थिए ।

पुरस्कृत खेलाडीहरूलाईर् पुरस्कार वितरणको लागि एनआरएनका युएईका प्रतिनिधिहरु कृष्ण पौडेल, नीराजन सिलवाल, सञ्जय खरेल (मदरल्याण्ड म्यानेजमेन्ट) साथमा अरू विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

जेकेएसका अध्यक्ष अब्दुला बिन बयानिसको पनि उपस्थिति रहेको एभरेष्ट क्लबका डाइरेक्टर शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment