Comments Add Comment

आईसीसी अध्यक्षमा फेरि पनि शशांक मनोहर

१ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा शशांक मनोहर दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

सन् २०१६ मा आईसीसी अध्यक्षमा चुनिएका मनोहर दोस्रो कार्यकालका लागि निर्विरोध भएका हुन् । उनी भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष पनि हुन् । अब आउने दुई वर्ष आईसीसीमा उनकै नेतृत्व रहने छ ।

चुनावी प्रक्रियाका अनुसार आईसीसी निर्देशकहरुले अध्यक्षमा एक जना उम्मेदवारलाई उठाउन पाउने व्यवस्था थियो । उम्मेद्वार आईसीसीको वर्तमान या भूतपूर्व निर्देशक हुनुपर्ने व्यवस्था थियो । शशांकबाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध चुनिएका हुन् ।

‘फेरि पनि आईसीसीको अध्यक्षमा चुनिन पाउनु निकै खुशीको कुरा हो । म मेरा निर्देशक साथीहरुलाई उनीहरुको लगातारको समर्थनका लागि धन्यबाद दिन चाहन्छु । हामी सबै मिलेर गएको दुई वर्षमा धेरै काम गरेका छौं। २०१६ मा चुनिएपछि गरेका वाचाहरु मैले पूरा गरेको छु’ निर्वाचित भएपछि शशांकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment