मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

कोलकातासँग राजस्थान ६ विकेटले पराजित

Suzuki
अनलाइनखबर


२ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

ईडन गार्डनमा राजस्थानले दिएको १४३ रनको लक्ष्य कोलकाताले ४ विकेटको क्षतिमा १८ ओभरमा हासिल गर्‍यो । क्रिस लिनले सबैभन्दा धेरै ४५ र दिनेश कार्तिकले ४१ रन बनाए ।

राजस्थानका बेन स्टोकले ४ ओभरमा १५ रन दिएर ३ विकेट झारे ।

यसअघि टस हारेर व्याटिङ गरेको राजस्थानले ९ ओभरमा १४२ रनमा अलआउट भयो । जोस बटलरले सबैभन्दा धेरै ३९ रन बनाए ।
बलिङतर्फ कोलकाताका कुलदिप यादवले चार विकेट लिए । उनलाई प्लेयर अफ दि म्याच घोषित गरियो ।

यो जितसँगै कोलकाता १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । जबकी १२ अंकसहित राजस्थान चौथो स्थानमा छ ।

राजस्थानले २००८ पछि ईडन गार्डनमा कोलकातालाई हराउन सकेको छैन । अब दुवै टिमलाई प्लेअफमा पुग्नका लागि आफ्नो अन्तिम म्याच जित्नैपर्ने भएको छ ।

२०७५ जेठ २ गते ७:२६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this