बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

साउदीमा मृत्युदण्डको सजाय पाएका उमेशलार्इ बचाउन मलेसियाबाट करिब २ लाख सहयोग

Suzuki
अनलाइनखबर

१६ मे, साउदी । पाकिस्तानी नागरिक हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय पाएर जेल जीवन बिताइरहेका उमेश यादवको उन्मुक्तिका लागि मलेसियाको बातुपहाठ क्षेत्रमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

मलेसियाको बातुपाहाड रहेका रामाट्याक्स, ओरेन्ट र बार्निङ कम्पनीमा कार्यरत श्रमिकहरुले उमेश यादव बचाउ अभियानको लागि एक लाख ७७ हजार २५८ रुपैयाँ संकलन गरी नेपाल पठाएका हुन् ।

वैदेशिक रोजगारीको लागि साउदीअरब गएका उमेश यादव चार वर्ष अगाडि एक पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्ड सजाय खेपिरहेका छन् ।

सजाय जुनसुकै बेला कार्यान्वयन हुन सक्ने अवस्थामा मृतकको परिवारले ब्लड मनी नेपाली रुपैयाँ तीस लाख रकम जुटाइदिन अपील गरेका छन् ।

उक्त रकम समय सीमासम्म बुझाएको खण्डमा मात्र उनलाई बचाउन सकिने नेपाली दूतावासले जानकारी दिएपछि ब्लण्ड मनिको लागि सहयोग रकम संकलन गर्न थालिएको थियो ।

नेपालमा खोलिएको ग्रोभिङ फाउन्डेसनको प्रभु बैंकको खातामा रकम संकलन गरिएको राम उमेश यादव बचाउ अभियानका अभियन्ता संजयकुमार महतोले जानकारी दिए ।

‘हामीले गरेको सानो सहयोगले यादवले नयाँ जीवन पाउनेमा हामी आशावादी छौं र सबै सहयोगी हातहरुलाई धन्यवाद दिँदै सबै मिलेर सहयोग गर्न पनि सबैमा आग्रह गरेका छौं ।’ महतोले भने ।

२०७५ जेठ २ गते ११:१८ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • Surendra Narayan Chaudhary लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:४२

    ए सर्खार ! तिमी पनि केही गर न. यत्रो रेमिटांसले तिम्रो अर्थ तन्त्र जो धानेको छ.

    7
    1
    Share

  • म नेपाली को छोरो लेख्नुहुन्छ    |   २०७५ जेठ ५ गते १२:३५

    होइन यस्तो अपराधीको लागि पैसा संकलन गरेर मानवताको किन खिल्ली उडाउछन पशुहरु..?? धर्म गर्नु नै छ भने देश मा अझै पनि भुकम्प बाट बिस्थापित देखि लियर गरिब निमुखाहरुको ( जो अझै सुकुम्बासी भयर जिबन व्यतित गरिरहेका छन् ) लागि गर। सत्य कुरा सबैलाई तितो लाग्छ, कसैलाई यो कुरा तितो लागे नि बालै फरर।।।

    1
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this