Comments Add Comment

ओली र मोदीले उद्घाटन गरेकाे बस अयोध्याबाट फर्केपछि थन्कियो

जनकपुर-अयोध्या रुट तय हुनै बाँकी, नियमित बस चल्न ६ महिना लाग्ने

२ जेठ, काठमाडौं । जनकपुरबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर अयोध्या पठाएको यात्रुवाहक बस अनिश्चितकालका लागि थन्किएको छ । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बससेवा नियमित सन्चालन हुन कम्तिमा ६ महिना कुर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

गत चैत २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर-अयोध्या सीधा बस सेवा र रामायण सर्किटको घोषणा गरेका थिए । प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर फर्किएपछि थन्किएको हो ।

रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्गमा जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बससेवा रोकिएको हो । बस सेवा सन्चालनका लागि आवश्यक प्राबिधिक प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सीधा बस नियमित सन्चालन हुन नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भ्ाौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थलहरु लगायतका प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सन्चालन हुने बताए । त्यसका लागि दुवै देशको संयुक्त कमिटी बैठक बस्न लागेको समेत उनले जानकारी दिए ।

दुवै देशका प्रधानमन्त्री भेट हुने अवसर बिरलै आउने भएकाले मोदीको भ्रमणका क्रममा सांकेतिक रुपमा बससेवा सन्चालन गरिएको मन्त्रालयलले जनाएको छ । माता सीताको जन्मस्थल जनकपुर र भगवान रामको जन्मस्थल अयोध्यालाई जोड्न दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किटको घोषणासमेत गरिसकेका छन् ।

बससेवा रामायण सर्किट हुँदै सन्चालन गर्नुपर्ने भएकाले पनि रुट तय गर्न संयुक्त कमिटी बैठक बस्न लागेको हो । रामायण सर्किटमा कुन-कुन स्थल जोडिने भन्ने तय हुन बाँकी छ । प्रधानमन्त्री ओलीले सीताको जन्मस्थल जनकपुर, रामले धनुष भाँचेको धनुषाधाम, बाल्मिकी आश्रम त्रिवेणीलाई रामायण सर्किटमा जोड्ने बताएका छन् ।

दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुरु गरेको सीधा बससेवा एकपटक चलेर रोकिएपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । हल्लाका लागिमात्र बस सेवा सन्चालन गरेको आरोप उनीहरुको छ

राम र सीताको चरण परेका स्थलहरुलाई जोड्ने क्रममा भारतको सितामढी भएर अयोध्याका लागि बस सेवा सन्चालन हुनेछ । सीतामढी हुँदै अयोध्या पुग्न करीव १२ घण्टा लाग्छ । जनकपुरबाट अयोध्याको दूरी ५४४ किलोमिटर छ ।

प्ाहिलोपटक जनकपुरबाट अयोध्या गएको बसको यात्री बनेर फर्किएकी जनकपुरकी उपमेयर मिश्रले आफूहरु भिट्टामोड हुँदै भारतीय राजमार्गबाट अयोध्या पुगेको बताइन् । उनका अनुसार करीव १० घण्टाको समयमा जनकपुरबाट अयोध्या पुगिन्छ ।

दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुरु गरेको सीधा बससेवा एकपटक चलेर रोकिएपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । हल्लाका लागिमात्र बस सेवा सन्चालन गरेको आरोप उनीहरुको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बसको रुट,भाडाा र बस चलाउने कम्पनी सहितका निर्णय केन्द्र सरकारले गर्ने भएकाले कहिलेबाट नियमित सन्चालन हुन्छ भन्न नसकिने बताए ।

भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले भने, ‘बसको भाडा, रोकिने स्थलहरु, बस सेवा नेपाली वा भारत कुन कम्पनीले सन्चालन गर्ने लगायतका निर्णय हुनुपर्छ । सम्भवत हाल काठमाडौं दिल्ली चलिरहेको बससेवाकै मोडलमा जनकपुर अयोध्या बस सेवा सन्चालन हुनेछ । केही महिना त लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment