बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

स्वीडेनको विश्वकप टोली घोषणा : जाल्टन इभ्राहिमोभिक परेनन्

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । विश्वकप फुटबल सुरु हुन २७ दिन बाँकी छ । विश्वभरका उत्कृष्ट ३२ देशले सहभागिता जनाउने फुटबल महाकुम्भका लागि अन्तिम २३ सदस्यीय टोलीको घोषणा हुन थालेको छ ।

जुन ४ तारेखसम्ममा सबै देशले आˆनो २३ सदस्यीय टोलीको नाम घोषणा गरिसक्नुपर्ने नियम रहेको छ । रसियामा हुन विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ ।

स्वीडेनको टिम घोषणा

यसपटक बलियो मानिएको स्वीडेनले अन्तिम टिम घोषणा गरेको छ । जसमा स्टार स्ट्राइकर जाल्टन इभ्राहिमोभिक भने पर्न सकेनन् । स्वीडेनको टिममा ६ जना इंगल्याण्डबाट लिग खेल्ने खेलाडी छन् ।

विश्वकपमा स्वीडेन समूह ‘एफ’ मा रहेको छ । जसमा जर्मनी, मेक्सिको र दक्षिण कोरिया रहेका छन् ।

को को परे स्वीडेनको टिममा ?

गोलकिपर – रोबिन ओल्सन, कार्ल जोहान जोनसन, क्रिस्टोफर नर्डफेल्ड्ट

डिफेन्डर – मिकल लुस्टिग, भिक्टर लिन्डलफ, एन्दे्रस ग्रानक्विभ्स्ट, मार्टिन ओलसन, लुडविग अग्युस्टिनसन, फिलिप हेलन्डर, इमिल क्राˆथ, पोन्टस ज्यानसन

मिडफिल्डर – सेबास्टियन लार्सन, अल्बिन एक्डल, इमिल फोर्सबर्ग, गुस्तव सेभन्सन, ओस्कर हिल्जेमार्क, भिक्टर क्लेसन, मार्कस रोडेन, जिम्मी डरमेज

फरवार्ड – मार्कस बर्ग, जोन गुदेटी, ओला टोइभोनेन, आइज्याक किसे थेलिन

२०७५ जेठ २ गते १३:१० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this