Comments Add Comment

कर्नाटकमा कसले बनाउला सरकार ? बीजेपी र कांग्रेस गठबन्धन दुबैको दावी

२ जेठ, काठमाडौं । भारतको कर्नाटक राज्यमा हालै भएको निर्वाचनपछि सरकार कसले बनाउने भन्ने विषयमा रोमाञ्चक बनेको छ ।

सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टी र जनता दल सेक्युलरलाई समर्थन गरेको कांग्रेस आई दुबैले आफूहरु सरकार बनाउने बताउँदै आएका छन् ।

दुबैथरीले राज्यपाल वजुभाइ वालासँग भेट गरी सरकार गठनका लागि छलफल गरेका छन् । राज्यपाल वालाले भने जतिसक्दो चाँडै उपयुक्त निर्णय गर्ने बताएका भारतीय जनता पार्टीका संसदीय दलका नेता बीएस यद्धुरप्पाले बताएका छन् ।

कर्नाटकको चुनावी नतिजा अनुसार भारतीय जनता पार्टीले बहुमतका लागि आवश्यक भन्दा ८ सिट कम अर्थात १०४ सिट ल्याएको छ । कांग्रेस आईले ७८ र जनता दल सेक्युलरले ३८ सिट जितेको छ ।

कांग्रेसको समर्थनमा मुख्यमन्त्रीको लागि प्रस्ताव गरिएका जनता दल सेक्युलरका नेता एचडी कुमारास्वामीले कर्नाटकका कांग्रेस सभापतिसँगै राज्यपाललाई भेट्ने बताएका छन् । ‘कांग्रेसले विना शर्त साथ दिएको छ, कांगे्रेससँग हाम्रो राम्रो समझदारी भइसकेको छ’ उनले भनेका छन् ।

कुमारास्वामीले भारतीय जनता पार्टीसँग मिलेर सरकार बनाउने सम्भावना नरहेको संकेत गरेका छन् । यदि बीजेपीका कर्णाटक इन्चार्ज प्रकाश जावेदकरसँग भेट भएमा के हुन्छ भन्ने प्रश्नमा कुमारास्वामीले भनेका छन् ‘को हुन् जावेदकर, को हुन् ती जेन्टलम्यान ?’

कुमारास्वामीले बीजेपीको अश्वमेघ यात्रा कणर्ाटकमा आएर रोकिएको दावी गरेका छन् । ‘बीजेपीको अश्वमेघ यात्रा उत्तरबाट सुरु भएको थियो, तर ती घोडााहरु कर्णाटकमा आएर रोकिएका छन्, यो नतिजाले अश्वमेघ यात्रा रोकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment