Comments Add Comment

प्रियंकाको फेसन र हाँसो


नायिका प्रियंका कार्कीको फेसन गज्जबकै हुन्छ । हरेक कार्यक्रममा उनी चर्चा पाउने फेसनमा पुग्छिन् । प्रियंकाको पहिरनमा फोटोग्राफरका क्यामेरा पनि सोझिन्छन् ।

नायिका कार्की पहिरनको मामलामा मात्र होइनन्, सार्वजनिक कार्यक्रममा पुग्दा चुलबुले पनि खुबै हुन्छिन् । उनको अनुहारमा मुस्कानको कमी देखिदैन ।

केही दिन अगाडि आयोजना भएको एक कार्यक्रममा पुगेकी प्रियंकाको फेसन स्टाइलको कलाकार जितु नेपालले समेत कुरा गरेका थिए । कार्यक्रम अवधीभर प्रियंका गफिन र मुस्कान छर्न व्यस्त देखिइन् ।

चलचित्रदेखि विज्ञापन दुनियाँमा समेत राज गरिरहेकी यी सुन्दरीलाई अहिले माया गर्ने प्रेमीको समेत साथ छ । सायद, यसैले होला प्रियंकाको अनुहारमा मुस्कान हरेक समय देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment