आइतबार, १३ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी, सांसद निलम्बन गर्न नहुने अडान

एमालेले बहुमतको बलमा पारित गर्न खोजे प्रतिपक्षी रुप देखाउने चेतावनी

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले ‘प्रतिपक्षीय’ भूमिका चेतावनी दिएपछि प्रतिनिधिसभा नियमावली संसदमा पेश हुन सकेन
सभामुख कृष्णवहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्राबधान राख्न नहुने अडान लिए । बहुमतले पारित गर्न खोजिए संसद अवरोध गर्ने चेतावनी दिएपछि संसदको बुधवारको बैठकको कार्यसूचीमै राखिएन ।

सत्तारुढ दल एमालेले भने मतदानबाट भने पनि निमायवली टुंगो लगाउनुपर्ने अडान लिएको छ । हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा सांसद पक्राउ परेमा स्वतः निलम्बनको व्यवस्था गर्नुपर्ने पक्षमा एमाले छ ।

यसअघि कांग्रेस र मधेसवादी दलहरुको बिरोधपछि निमायवली मस्यौदा समितिले निलम्बन शब्द नराखी सेवा सुविधा र सांसदको हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको थियो ।

तर, एमाले सांसदहरुले कुनै पनि सांसद फौजदारी अभियोगमा पक्राउ परेपछि स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका छन् । दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभामा मतदानबाट टुंगो लगाउनुपर्ने पक्षमा एमाले उभियो । तर, कांग्रेसले मतदानमा लगिए प्रतिपक्षीय रुप देखाउने भन्दै संसदमा अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस कुनै पनि सांसदलाई फौजदारी अभियोगमा पक्राउ पर्नासाथ निलम्बन गर्न नहुने पक्षमा उभिएको कांग्रेस नेता मीन विश्वकर्माले स्वीकार गरे ।

अदालतमा पुष्टि नभएसम्म अभियोग लाग्दैमा निलम्बन गर्न खोज्नुले नियतमै शंका उब्जिएको उनले बताए । विश्वकर्माले भने, ‘एमाले किन सांसद निलम्बनको पक्षमा उभिएको छ ? हामीलाई शंका लागिरहेको छ, अभियोग प्रमाणित नभई कुनै पनि सांसदलाई निलम्बन गर्नु हुँदैन । बहुमतको आडमा मतदानमा लगिए हामीले प्रतिपक्षीय रुप देखाउन बाध्य हुनेछौं ।’

एमालेले भने हत्या, बलात्कार र भ्रष्टाचारमा पनि सांसदलाई उन्मुक्ति दिने पक्षमा कांग्रेस उभिएको आरोप लगाएको छ ।

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले नैतिक पतन देखिने र फौजदारी अभियोगमा पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने अडानबाट एमाले पछि नहट्ने बताइन् ।

यसअघि पनि कांग्रेस भ्रष्टाचारमा जेल सजाय पाएका, बलात्कारमा सजाय पाएका र हत्या अभियोगमा पक्राउ परेकाहरुले पनि चुनाव लड्न पाउनुपर्ने पक्षमा उभिएको एमालेको आरोप छ ।

कांग्रेस सांसद विश्वकर्माले भने एमालेले विपक्षी सांसदहरुलाई फौजदारी अभियोगमा फसाएर सांसद निलम्बन गराउँदै जाने षड्यन्त्रमा लागेको आशंका भइरहेको बताए ।

सभामुख कृष्णबहादुर महराले नियमावली सकेसम्म सहमतिमा ल्याउन कार्यसूचीमा नराखेको जानकारी दिए ।

२०७५ जेठ २ गते १३:५७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२९ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:१६

    हत्यारा, बलात्कारी, भ्रष्टाचारीका पक्षमा,

    प्रतिपक्षीय रुप देखाउने भनेको,

    कांग्रेस जनताको अगाडी अझ,

    नांगिने भनेको त होला नी ?

    167
    7
    Share

  • shyam लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:२२

    Discipline filters from the top.

    3
    0
    Share

  • Sunil Nepal लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:२२

    गगन थापा जि कुन दुलो मा हुनु हुन्छ बोल्नु परो तेस्ता साम्सद लाई निलम्बन नगरेर फुलमाल लगाइदिन पर्ने हो !! मैले प्रश्न सोध्न पाउने कि नपाउने ???

    23
    2
    Share

  • सुरेन्द्र दीवु लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:२३

    संसद निलम्वन पारित हुन नदिने रे । सबै भ्रष्टचारी पार्टीका प्रतिपक्ष प्रतिनिधिहरुबाट किकिन भोली आफै निलम्वन पर्ने निश्चित भएर हो । अर्कोतर्फ यो नीति पारित भएको खण्डमा राम्रा छवी भएकाहरु मात्रै सभासद् बन्ने अनि आफ्नो जवाना समाप्त हुने डरले हो । नत्र सुशासन सम्बन्धी कुनै नीति नियम बन्दा आपत्ति जनाउँनु पर्ने अन्य कुनै कारण छैन । यसबाट आमजनतालाई १ नम्बर प्राप्त भा छ !

    16
    1
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:२९

    संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी, सांसद निलम्बन गर्न नहुने अडान
    Kunai time KING sambidhan vanda mathi thiye, aba neta haru hune vaye. Nepali Congress ka sabai neta haru ko name ko agadi SHREE 6 title rakhnu parxa.

    7
    0
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:३५

    प्रतिपक्ष कांग्रेस हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा सांसद पक्राउ परेमा स्वतः निलम्बनको व्यवस्था नराखिओस् भन्नु को अर्थ हामीलाई यी सब कार्य गर्न देउ भनेको त होला नि हैन?

    पेट्रोल व्यवसायी तेल चोर्न पाउनु पर्छ भनि आन्दोलन गर्ने,
    यातायात व्यवशायी ठग्न लुट्न पाउनु पर्छ भनि आन्दोलन गर्ने ,
    चुतिया कांग्रेस ऐले हामीलाई बलात्कार गर्न देउ नभए संसद अवरोध गर्छौ भन्दै छन् .
    थुयिक्क !!

    15
    1
    Share

  • Suraj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:३७

    आभियोग लाग्नु र पुष्टी हुनु अलग कुरा हो । आहियोग लागेको बेला पाउने सुबीधा रोक्का हुँदा ठिकै छ अनि पुष्टी भयम निलम्बन हुनुपर्छ ।

    “Innocent until Proven Guilty”

    25
    13
    Share

  • SUMAN लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:३८

    yo ta atti vo kangresh,

    yesto ramro kuraa maa pani birod ?????
    timi haru ta support garnu parne ho?

    42
    4
    Share

  • kiran dangi लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:४०

    थुक्क काँग्रेस !अझैँ बुद्धी पलाएन। भ्रश्टाचारी, बलात्कारी हरुका पछी किन लाग्नु ?

    48
    3
    Share

  • shyam khatri लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:४१

    हत्यारा, बलात्कारी, भ्रष्टाचारी जति सबै कांग्रेसमा रहेछन भनी प्रमाणित भयाे,,,, कांग्रेसकाे पक्षमा भाेट हाल्ने जति सबै खतम हुन,,, अझ पनि कांग्रेस कांग्रेस भन्छन ,,, थुइक कांग्रेस लुटेरा,हत्यारा, बलात्कारी, भ्रष्टाचारी,,,, अाफैले प्रमाणित गरेका छन् यिनीहरू ,हत्यारा, बलात्कारी, भ्रष्टाचारी हाे भनेर,, देश बर्बाद पार्ने नै कांग्रेस हाे,,,,

    51
    4
    Share

  • स्वाभिमानी नेपाली लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:५१

    बिनासकाले विपरीत बुद्धि !!!!

    गगनजी को यस बिषयमा केहि भन्नु छ कि ?

    54
    3
    Share

  • Guras Nepal लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:५३

    कांग्रेसले देशमा कस्तो व्यवस्था चाहेको हो, लोकतन्त्र कि नेतातन्त्र……..?

    43
    2
    Share

  • JK लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:५५

    YO KANUN LAGU GARNU PAR6

    YESTAI PARA HO BHANI KANGRES PATTASAP HUNE BHAYO

    29
    2
    Share

  • Guras Nepal लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:५७

    हामीलाई विधिको शासन चाहिन्छ बिग्रेको गिदीको होइन !

    38
    0
    Share

  • Ishwor लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:५८

    In my thought, Congress may be involved in Gold smuggling case. So they are becoming clever and do not want to pass the bill.

    30
    2
    Share

  • Guras Nepal लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:५८

    नैतिकता विशृंखलित भएको, देशभक्ति ओइलाएको अवस्था, 

    31
    1
    Share

  • प्रकाश लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:०६

    यसैबाट थाहा हुन्छ बहुसंख्यक काङ्ग्रेसको चरीत्र । धिक्कार छ यस्ता नैतिक पतन भएका दल र नेताबाट के अपेक्षा गर्नु ।

    37
    1
    Share

  • नेपाल लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:१६

    नेपालको संविधानको धारा १८ ले कानुनको दृष्टिकोणले सबै नागरिक समान हुन् भनेको छ। पहिले श्री ५ संविधान भन्दा माथि हुन्थे। अब अपराधि कांगेस सांसदहरु माथि हुन खोजे। अपराधै नगर्नेलाई के को डर । किन चाहियो यस्तो कानुन ??? जस्ले अपराध गर्छ, त्यसलाई संरक्षण चाहिन्छ, त्यसैले संविधान विपरित यस्तो कानुनको माग गर्ने कस्ता खालका हुन भने “हामी अपराधी हौं वा हामीले निकट भविश्यमा अपराधहरु गर्ने छौं, त्यसैले आजै यस्तो कानुन बनाउ, पछि हामीलाई काम लाग्छ” भनेको हो। जसले यो कानुनको सपोर्ट गर्छ, त्यस्लाईलाई जनता सामू पूर्ण बहिस्कार गर्नु पर्छ, लखेट्नु पर्छ …

    33
    1
    Share

  • Dhan Bahadur Tamang लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:२२

    नेपाली कांग्रेस कुनै पनि सांसद फौजदारी अभियोगमा पक्राउ परेपनि अदालतबाट पुष्टि नभएसम्म निलम्बन गर्न नहुने व्यवस्थाको पक्षमा देखिनु र नैतिक पतन ठहरिने कुनै कसुरमा सांसद पक्राउ पर्नासाथ स्वतः सांसद पद निलम्बन हुने पक्षमा उभिएको बाम गठबन्धन सरकारकै नियत ठिक नभएको भन्दै शंका गर्नुले नेपाली कांग्रेस भित्र त्यस्ता कसुर गर्ने जनप्रतिनिधिहरुको ठूलै झुण्ड हुनसक्ने कुरा बुझ्न म जस्ता सामान्य व्यक्तिलार्इ पनि कुनै गाह्रो परेन । अदालती कारवाही तर्फ घटनालार्इ Divert गरेर आफु र आफ्ना कार्यकर्तालार्इ विभिन्न उपाया अपनार्इ उम्कनको लागि विकल्प राख्न खोजेको देखिन्छ ।

    35
    1
    Share

  • lillamsaal लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:४०

    Gangan Daiko Pani Yahi hola Hai Adan, Bichara Cauresiharu, ani Karyakarta Chahi …………….?

    4
    1
    Share

  • rohit ram लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:४४

    Thukka Congress !!!! Laz lagdain !!!! Nepalese Janta will put u in Dust Bin in next election if u behave like that. Please take it seriously.

    15
    1
    Share

  • प्रकाश ढकाल लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:५२

    हो येस्तई हर्कत गर्दै जाओ ,,,हेर्ने त हाम्ले हो नि जनता ले ,,देखाइ दिन्छम फेरी ५ वर्ष पछी ,,तिमीहरु जे गर्न मन छ गर्दै जाओ …अब आउदो चुनाब मा धुलो चटाउने त् हामि हो तिमीहरुलाई ….बदमास हरु …कानुन को धज्जी उडाएर पनि हुन्छ कहिँ आज को जमानामा ,,,

    16
    1
    Share

  • Krishna raj dangi लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:५३

    नेपाली काङ्गेस काे गलत नियत।

    14
    1
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १७:१५

    Karmachary lai mudda lagda nilamban hune. Tara samsad sohi lai mudda lagda kina nilamban na garne?

    12
    1
    Share

  • Niraj Singh Dhami लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते २:०६

    Nilamban vanne sabda ta samanya karbahi ho.
    Edi Nepal vagwan Gautama Buddha ko des banaune ho vane kada vanda kada kanun “mirtyu danda” ko bebasta garnu par6a.

    1
    0
    Share

  • पुर्ण ओली लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ५:३६

    अरु जनताभन्दा माथि आफुलाई देखाउने यो राणा शासनजस्तो देखियो काँग्रेस प्रबृति। काँग्रेसमा सबै अपराधि छैनन भने युवानेताहरु किन बोल्दैनन्? गगन थापाको बोलि ख़ाली सरकारको बिरोध गर्नुमात्रै हो?

    1
    0
    Share

  • karuna shrma dulal लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ७:१७

    अहिले बिभिन्न ठाउमा हस्पिटल को नाजुक अबस्थाको बारेमा कुरा आइरहेको छ |हस्पिटल मा बिरामीको लागि चाहिने उपकरण नभएको हस्पिटल भएको ठाउँ हरु हस्पिटल जस्तो नभएको राम्रो डाक्टरहरु नभएको येति सम्मकि हस्पिटल मा डाक्टरले गर्ने कामहरु अरु ले गरेको जसले गर्दा बिरामी ले मिर्तु बरण गर्न परेको बिजुली नभएको यस्ता कुरा हरु बिरगंज र महाकाली र अरु ठाउको कुरा सुन्दा अतिनै दुख लाग्यो |यो कुरा डाक्टर गोबिन्द केसी जी हरुले पनि सुन्नु भएको होला नि किन उहाहरु जो आन्दोलन मा लागेर अनसन बस्नु भएको छ उहाहरु त्यो ठाउमा नजानु भएको बिर हस्पिटल जस्तो जेठो हस्पिटल दुर्गन्ध हुदा पनि नहेरेको ?किन ?किन ?किन ?,,,तेत्रो धेरै चोटी अनसन बस्दा खेरि जहाँ राम्रो उपचार नपाएर मिर्तु हुन् पुगेका हरुको बारेमा आवाज न उठाउनु भएको ?के हस्पिटल हरुमा राजनीति गरेर आफु हाइलाइट हुन् खोज्नु भएको हो ?किन राजधानी बाहिर जहाँ डाक्टर हरुको अभाब छ तेहा गएर काम गर्नु हुन्न ?कतै यक दुइदिन गएर उपचार गरेर तेस्को फोटो खिचेर हाल्दैमा रोगीहरुको राम्रो उपचार भयो त ?पटक पटक अनसन बस्दैमा राम्रो उपचार जनताले पाए त ?हस्पिटल जस्तो संबेदन सिल कुरामा आफ्नो स्वार्थको लागि अथवा अरु को लागि राजनीति गरेर बिरामी हरुको उपचार मा रोकाओत नगर्नुस |१/२ ओटा हस्पिटल को बिरोध गर्दैमा देस भरिको हस्पिटल अटमेतिक राम्रो हुन्छ भन्ने सोच्नु भएको होकी क्याहो नेपाली युवाहरुलाई बिदेस गएर पद्नु पर्ने बाद्देता नपार्नुस |जहाँ डाक्टर हरुको अभाब छ तेहा गएर उपचार गर्नुस |खाली राजधानी मा मात्र बस्ने होइन |आफुहरु बाहिर नजाने अरुलाई बाहिर मात्र हस्पिटल खोल भनेर आन्दोलन गर्ने |के यो कुरा मिलेको छ ?बाहिर हस्पिटल बनाएर के गर्नु कोइ डाक्टर हरु तेहा जान खोज्दैनन |लगानी मात्र डुबाउने होर ?मत भन्छु ज जसले जहाँ जहाँ हस्पिटल बनाउन खोज्छन दिनु पर्छ |धेरै हस्पिटल भएमा महगो रकम तिरेर पढ्नु पर्दैन डाक्टर पढ्ने बिद्ध्यार्थी हरुले ?तेसैले येस्ता कुराहरु नगर्नु होला |देस मा कुनै कुरा राम्रो छैन सबै कुराहरु राम्रो बनाउन पहल गर्नु पर्छ |देस लाइ अस्त बेस्ट पार्ने काम कतैबाट पनि गर्नु हुन्न |अब देस विकास गर्न सबैले सबै तिर बाट सहयोग गर्नु पर्छ |आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हुन्न |अहिले सरकारले राम्रो काम गर्न खोज्यो भनेर नचाहिदा हावा कुरा फैलाएर विकास रोकेर बद्नाम गर्न लागि परेका छन कोइ पार्टी कोइ नेताहरु यो गलत कुरा हो| आफु ले सत्ता चलाउदा देस डुबाउने अरुले विकास गर्न खोज्दा खुट्टा तान्ने | बद्नाम गर्न नभएको कुरा भनेर नचाहिदो आताग्ग फैलाउने काम गरेको हुदा यो काम रोक्न अनुरोध गर्दा छु |नराम्रो काम गर्दा तेस्ले आफैलाई खान्छ |जनताहरु लाटा छैन जे जे भन्यो पत्याउने |

    0
    0
    Share

  • Pradeep singh लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ११:४८

    Kangress ko es charitra bat Prasta hunxa ki kongressle bhrastachari, Hatyara, Balatkariharulae Protection dier afno asali rup dekhauna khojeko xa

    kangreska sachcha netaharu le yo niti jasari pani pas garae matra sachcha netaharuko palo aunex. Hain vane kongress bhrastachari, Hatyara, Balatkariharuko adda hunex ……

    0
    0
    Share

  • Suraj लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते १२:५९

    जबसम्म शेर बहादुर जिउदो अनि त्यो भन्दा पनि पार्टी को सवापति रही रहन्चन आफु त काँग्रेस को सुप्पोर्ट कहिल्यै गर्दिन भनेर मन्दिर मा गएर सपथ खाई सके …..नैतिकता हिन को परकस्ता …. अरु पनि छन् तर त्यो चाही स्टिल सभापति छ तेही भएर भनेको

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this