Comments Add Comment

भानु, भीरकोट र लक्ष्मीनियामा मेगा बैंक

२ जेठ, काठमाडौं । देशभर शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले तनहुँ जिल्लाको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको हो ।

स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा छन् भने तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको मेगा बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नीति अनुसार मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । एक सातामा मेगा बैंकका ८ वटा शाखाहरु थप भएका छन् ।

गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा विस्तार गरिएको थियो ।

मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment