बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

एमाले-माओवादी पार्टी एकता घोषणा बिहीबार

केन्द्रीय कमिटीमा माओवादीलाई ४५ प्रतिशत

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको वार्तामा एकतामा सहमति जुटेको हो ।

बिहीबार नै एकता घोषणा हुनेछ । बिहीबार नै निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति पनि भएको छ ।

एमाले स्थायी कमिटी र माओवादी सचिवालयको विस्तारित बैठकले पार्टी एकता सहमति अनुमोदन गरेको छ । एमालेले बिहीबार केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।

विहान मदन मण्डारीलाई सम्झने, दिउँसो एकता घोषणा

भोलि मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रितको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।

मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरु पनि सहभागी हुनेछन् । लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटीमा माओवादीलाई ४५ प्रतिशत

एमाले स्थायी कमिटीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको ब्रिफिङअनुसार एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने बाँकी २०० जना माओवादी केन्द्रबाट आउनेछन् ।

कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । माओवादीले ५०-५० को माग गरेपछि विवाद पनि भयो तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ ।

पोलिटब्यूरो तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुका अनुसार स्थायी कमिटीमा एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना ।

केन्द्रीय कमिटी र स्थायी कमिटी मिलाउँदा एमालेका हालका नेताहरु घटुवा हुने छैनन् । तर, माओवादीमा नेताहरु छान्न मुस्किल छ । बुधबारको बैठकले यसबारे निर्णय गर्ने अधिकार तीन नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।

चुनाव चिन्ह सूर्य

एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । यो हाल एमालेको चुनाव चिह्न हो । माओवादीको चुनाव चिह्न गोलाकारभित्र हसिया हथौडा छ । दुवैलाई मिलाएर नयाँ चुनाव चिह्न राख्ने छलफल पनि भएको थियो । तर, त्यसो गर्दा अर्को कुनै दलले सूर्य लिएर आफ्नो भोट तान्न सक्ने भएकाले सूर्य रोज्नुको विकल्प नभएको नेताहरुले बताएका छन् ।

पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेलिनवाद हुने छ । राजनीतिक कार्यदिशा ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्र’ छ । एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१ औं शताब्दीको बहुदलीय जनवादलगायतका वैचारिक मान्यताहरुबाट छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ ।

यसरी सुरु भएको थियो एकता प्रक्रिया

एमाले र माओवादीको सम्वन्ध उतारचढावपूर्ण रहृयो । शान्ति प्रक्रियामा आएपछि पनि एमाले र माओवादीबीच कहिले सहकार्य त कहिले प्रतिस्पर्धा मात्र होइन, एकाअर्काका विरोधीसम्म भए ।

तर, १७ असोज २०७४ मा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्दै सहकार्यको सुरुवात गरे । एमालेमा विष्णु पौडेल र माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’लाई एकताको सूत्रधार मानिन्छ ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा ६०/४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा पनि सरकार बनायो ।

केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनमा दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सात बुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘मार्क्सवाद-लेलिनवाद’ हुने सहमति छ ।

दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । तर, केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन सकेन । बरु बेलाबेला दुई दलबीच खटपट देखियो ।

दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै ‘वान टु वान’ वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन । यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ ।

२०७५ जेठ २ गते २०:४५ मा प्रकाशित (२०७५ जेठ ३ गते ७:०५मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१८ प्रतिकृयाहरू प्राप्त
  • Lokendra लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १४:५९

    Very good .Congratulation to both party leaders. this will be the new course in Nepalese politics;

    74
    8
    Share

  • विक्रम लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:०१

    लेनिनको लफडा मदन भण्डारीमा गएर सेलाएछ!
    जय होस् मावोबादीको “बाद”लाइ, जय होस् एमालेको कुटिलतालाइ!

    नौटंकीका औतारीहरु….

    34
    93
    Share

  • S Gurung लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:१२

    It is good step to recognise peoples’ mandate but will this last long?

    Doubt it!

    57
    4
    Share

  • महानन्द भट्टराइ "चितवन" लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:३४

    यदि आजको रात मा अग्राख नपलाए
    नेताले जनतालाई दिएको बचन पुरा भै नेताप्रति बिस्वास कायम रहन्थ्यो !!!!

    74
    4
    Share

  • पुण्डरिक लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:५१

    kp oli लाई कुर्सी बचाउनु छ । पार्टी बेचेर भय पनि

    9
    53
    Share

  • keshav bhandri लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:५२

    यदि आजको रात मा अग्राख नपलाए
    नेताले जनतालाई दिएको बचन पुरा भै नेताप्रति बिस्वास कायम रहन्थ्यो !!!!

    17
    1
    Share

  • गोपाल लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १५:५३

    काले काले मिलेर खाउ भाले

    9
    34
    Share

  • Bal Mukunda Parajuli लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:१४

    LOK KALYANKARI PARTI RAKHNU PARCHHA ,HERDA RA PADHDA PANI NASUHAUNE NEKAPA KAMUNIST PARTI RE NE KA PA KO PURA NAM CHAHI K HO RA?

    2
    3
    Share

  • drj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:३८

    तपाँइ हरु लाइ शुभकामना र बधाइ छ |
    यो एकता देश र जनताको लागी लाभदायक सिद्ध होस्, एकीकृत पार्टीको अर्जुन दृष्टि देशको आर्थिक विकास र जनताको समृद्धिमा हुनुपर्छ |

    27
    3
    Share

  • फर्सुराम पाण्डे लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:५१

    अरु सबै जेसुकै गर तर प्रधानमन्त्री पद चै ५ वर्ष स्थायी राख्नु !!
    राजनीतिक अस्थिरताले देश खोक्रो बनेको छ ।

    32
    3
    Share

  • Kumar Lama लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २०:०३

    माकुने र झल्लू कहाँ जान्छ्न?

    7
    27
    Share

  • Buddhijob लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २०:३२

    Great matter
    Great job

    21
    3
    Share

  • आनन्द रौनियार लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:५५

    17000 नेपालीको हत्या को 55% पापको भागी एमाले र 45% माओवादी.

    0
    0
    Share

  • Sampurna लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:१३

    Lau khushi lagyo ta bhhanu parla ni ki kaso ho sathi haru

    0
    0
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:१९

    It is a great news all communists, Nepalese people and communist parties. We Nepalese need good party, leader and practically to make Nepal with stable government.

    Long live PM KP Oil & Prachanda, communist parties, Nepal & Nepalese.

    Do your job with law and order, corruption and nepotism free, justice, tough on crimes but fair. We people are behind you.

    We want prosper Nepal and Nepalese with good welfare to people of Nepal.

    0
    0
    Share

  • Madhu लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २३:११

    आज आएर थाहा भयो माओवादीलाई जंगल कसले पठाएको भनेर , 16000 जना जनता माओबादी ले मारेको होईन छ एमाले को निर्देशिका रै छ

    1
    0
    Share

  • chandra shahi लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ५:३३

    Good day in future, but how long>

    0
    0
    Share

  • Prajun adhikari लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ७:१९

    Very good .Congratulation to both party leaders. this will be the new course in Nepalese politics;

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this