Comments Add Comment

उपराष्ट्रपतिसँग सिचुवानका उपगभर्नरको भेटः नेपाल लगानीका लागि ‘भर्जिनल्याण्ड’

२ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीन सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार दिउँसो उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर सिचुवान प्रान्तका उपगभर्नरले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपति पुनले सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटमा नेपाल राजनीतिक स्थायित्व, विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए ।

उनले नेपालको समृद्धिमा चीनको सहयोगको खाँचो औंल्याउँदै एक पेटी एक मार्ग -ओविओआर)बाट नेपालले अधिकतम लाभ लिने कोशिस गरिरहेको बताए ।

उनले नेपाल लगानीका लागि भर्जिनल्याण्ड भएको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन, रेलमार्ग, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उपराष्ट्रपतिले चीनसँगको व्यापार बढ्दो भएपनि नेपालले व्यापार घाटा भोगिरहेको बताए । उनले व्यापार सन्तुलनका लागि दुवै देशले सोच्नुपर्ने बताए ।

उपराष्ट्रपतिसँगको भेटमा सिचुवान प्रान्तका उपउगभर्नरले नेपाल चीन सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताए । उनले नेपालको विकासमा सधै चीनको साथ रहने उल्लेख गर्दै चीन र सिचुवान प्रान्त नेपालको ऊर्जा, कृषि तथा खाद्य प्रविधि, सडक सञ्जाल, रेल वेको क्षेत्रमा लगानी गर्न चाहेको बताए ।

उनले आफू नेतृत्वको प्रतिनिधि मण्डल लगानीको सम्भाव्यता अध्ययन गर्न आएको समेत बताए । एक चीन नीतिप्रति नेपालले लिएको दृढ अडानका लागि उनले धन्यवाद दिए ।

उपराष्ट्रपति-नर्वेजियन राजदूत भेट

बुधबार अपरान्ह नै उपराष्ट्रपतिसँग नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशनले शिष्टाचार भेट गरेका छन् ।

नर्वेजियन राजदूतसँगको भेटमा उपराष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र विकासका लागि नर्वेले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment