Comments Add Comment

विमान दुर्घटनाप्रति कर्णाली सरकारद्वारा दुःख व्यक्त

दुर्घटनाग्रस्त मकालु एयरलाइन्सको विमान ।

२ जेठ, काठमाडौं । बुधबार विहान भएको मकालु एयरको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति कर्णाली प्रदेश सरकारले दुःख व्यक्त गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्यु भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

एकातिर भौगोलिक विकटताका कारण हवाई यातायात कर्णालीमा अपरिहार्य रहेको र अर्कोतिर हवाई दुर्घटना बढ्दै गएको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिन्ता व्यक्त गरेको प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले कर्णालीको हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी न्यूनिकरणको पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment