मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

वन्यजन्तुमैत्री बन्यो नारायणगढ–मुग्लिन सडक

Suzuki

२ जेठ, चितवन । विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ ।

आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ ।

उनका अनुसार भरतपुर महानगरपालिका–१ आँपटारीमा दुई वटा र भतेरीमा दुई वटा अण्डरपास निर्माण गरिएको छ । जसबाट वन्यजन्तु वारपार गर्न सक्नेछन् । सडकमा वन्यजन्तु आउने र दुर्घटना हुने भएकाले अण्डरपास निर्माण गरिएको हो ।

ती अण्डरपासमा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरिएको छ । सिसी क्यामरामा चितुवा, बँदेल, मृग, जंगली बिरालो लगायतका साना जनावर वारपार गरेको देखिएको भए पनि हात्ती, गैँंडाजस्ता ठूला जनावर वारपार गरेको भने भेटिएको छैन ।

सोही क्षेत्रमा एक किलोमिटर तीनसय मिटर सडक क्षेत्रमा तारबार गरिँंदै छ, जसका कारण जनावरले जथाभावी सडक पार नगरी अण्डरपास प्रयोग गरुन र दुर्घटना नहोस् भन्नका लागि तारबार गरिएको विज्ञ पाठकले बताए ।

यस्तै सोही क्षेत्रमा चार ठाउँमा जंगली जनावरलाई लक्षित गरी पोखरी खनिएको उनले जानकारी दिनुभयो । समिढाप, साउनेपानी, ढ्याङ्ग्रेखोलामा पोखरी खनिसकिएको छ भने जलदेवीमा खन्ने तयारीमा रहेको छ । वन्यजन्तुले पानी पिउन र पौडी खेल्न सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरी खनिएको उनले बताए ।

आयोजनाले सडक क्षेत्रमा काटिएका रुखको क्षतिपूर्ति बापत पदमपुर सामुदायीक वनमा पाँच हेक्टर जमिनमा आठ हजार बिरुवा लगाएको जनाएको छ । विज्ञ पाठकका अनुसार एक रुख काटिएबापत २५ बिरुवा लगाउनुपर्ने हुन्छ । सोही अनुरुप टाँकी, बकाइनो, रक्तचन्दन लगायतका बिरुवा रोपिएको उनले बताए । ती बिरुवा हुर्काउने काम पनि आयोजना गर्नेछ ।

विश्व बैंकको सहयोगमा सडक विस्तार भइरहेकाले यसबाट वातावरणमा प्रभाव नपरोस् भन्ने उद्देश्यले विशेष ध्यान दिने गरिन्छ । नारायणगढ–मुग्लिन सडकको आँपटारीदेखि भतेरीसम्म दुबैतर्फ वन रहेको छ । ती क्षेत्रमा रहेका वन्यजन्तु प्रभावित नहुन भन्नका लागि आयोजनाले विशेष ध्यान पु¥याउँदै आएको छ  ।

२०७५ जेठ २ गते १६:४६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • Raj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:५५

    Tarbar garda thula ra baliya janabar le dhukera basana huda sana janabar asurakshit hune vaye!!

    2
    5
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १७:१२

    जिम्मा पाएको काम(नारायणगढ–मुग्लिनलाई मानब मैत्री बनाउने)लाई,

    समयमा सम्पन्न गर्न नसक्नेले,

    सरकार र यात्रुको ध्यान मोड्न,

    ‘वन्यजन्तुमैत्री’को प्रपन्च सुरु गरेछन l

    12
    0
    Share

  • Puru kafle लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १७:५६

    Baru human cross rakhdinu ni(zebra cross manxeko lagi vakole) ani tyehe bata cross garthyo janawarharule. 😂😂😂

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this