Comments Add Comment

रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द

source: flickr

२ जेठ, काठमाडौं । त्रिभुवन विमानस्थलको रन-वे मा पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान/अवतरण बन्द भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यसको मर्मतको लागि समय लाग्छ । मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने उनले जानकारी दिए ।

ठाकुरका अनुसार रन वेको सी र डीको बिचमा पिच उप्किएको छ । जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन् ।

‘रन-वे को पिच उप्किएको छ, जसको अहिले मर्मत हुँदैछ, अब केही समय मर्मतको काम सकिनेछ,’ठाकुरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment