Comments Add Comment

‘रोजी’ मुहुर्तः प्रेमिका हत्याको आरोपमा अदालतमा उभिए प्रदिप(फोटो फिचरसहित)


काठमाण्डौको बालाजुमा रहेको एनएफडीसीको परिसरमा बुधबार अरु समय भन्दा फरक दृश्य देखियो । लामो कपाल र दाह्री–जुंगा पालेका यूवा स्टार नायक प्रदिप खड्का हातमा हथकडीसहित अदालत परिसरमा देखिए ।
लामो समयदेखि जेल जीवन काटिरहेका कारण पनि उनको आँखा वरिपरी रिंकल बसेको थियो । लामो कपालमा प्रदिप खड्कालाई चिन्न मुश्किल नै पथ्र्यो ।

आजबाट छायांकन सुरु भएको चलचित्र ‘रोजी’को शुभसाइत समारोहमा प्रदिपको यस्तो अवतार देखिएको हो । निरक पौडेलको निर्देशनमा तयार हुन लागेको चलचित्रलाई गोपिकृष्ण मुभिजले निर्माण गर्दैछ । चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य खिचिएको थियो । प्रदिपले मुहुर्तमा संवाद बोल्दै भने–‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’

नायक प्रदिप खड्काले यो चलचित्रको क्यारेक्टरका लागि कपाल बनाएको र नक्कली दाह्री–जुँगा राखेको बताए । उनले, यो चलचित्रका लागि २५ लाख पारिश्रमिक लिएको कुराको जवाफ घुमाएर दिए ।
चलचित्रमा प्रदिप खड्काको साथमा कर्मा, परमिता आर एल राणा, मिरुना मगर मुख्य भूमिकामा छन् ।

नायिका परमिता आर.एल राणाले प्रदिपको जोडीको रुपमा चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले, आफ्नो हत्या प्रदिपले किन गर्छन् भन्ने खुलाउन नमिल्ने बताइन् । अर्की, कलाकार मिरुना मगरले चलचित्रमा आफू फाइनल भएको, फेरि निस्किएको भन्ने कुराको खण्डन गरिन् । उनले, आफू यहाँ उभिनुले पनि सबै कुरा प्रमाणित भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment