Comments Add Comment

‘म्याच फिक्सिङ’ गर्न खोज्दा विश्वकप खेलाउने रेफ्रीलाई आजीवन प्रतिबन्ध

२ जेठ, काठमाडौं । विश्वकप खेलाउन रसिया जानु केही दिन मात्र बाँकी रहँदा साउदी अरेबियाका रेफ्री फहद अल मिर्दासी ‘म्याच फिक्सिङ’ गर्न खोजेको आरोपमा आजीवन प्रतिबन्धमा परेका छन् ।

साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) का अनुसार रेफ्री मिर्दासीले किंग्स कप फुटबलको फाइनलमा अल इतिहाद र अल फेस्लेबीचको खेलमा मिलेमतो (म्याच फिक्सिङ) गर्न खोजेका थिए ।

साफका अनुसार ३२ वर्षका मिर्दासीले अल इतिहादका पदाधिकारीलाई भेटेर फिक्सिङबारे कुराकानी गरेका थिए । यसैले उनलाई साफले आजीवन प्रतिबन्धित गरेको हो ।

फिफाले घटनाका सम्बन्धमा थप जानकारी दिन साफलाई आग्रह गरेको छ । मिर्दासी सन् २०११ देखि फिफा रेफ्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment