शुक्रबार, १ भदौ, २०७५
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

ट्रम्पसँगको शिखर वार्तामा पुनर्विचार गर्ने उत्तर कोरियाको चेतावनी

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी महिना हुने भनिएको शिखर वार्तामा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको छ ।

उसले वासिंटनले आणविक हतियार छाड्न एकतर्फी दबाब दिन्छ भने उक्त वार्तामा पुनर्विचार गर्न सकिने चेतावनी दिएको हो । ‘यदि अमेरिकाले आफूहहरुलाई एकतर्फी रुपमा आणविक हतियार नियन्त्रण गर्न दबाब दिन्छ भने त्यस्ता वार्तामा हाम्रो रुची छैन र हामी हाल प्रक्रियामा रहेको शिखर वार्तामा पुनर्विचार गर्नेछौं’ उत्तर कोरियाली   उपविदेशमन्त्री किम के ग्वानले भनेका छन् ।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको शिखर वार्ता जुन १२ मा सिंगापुरमा गर्ने तय भएको थियो । तर उत्तर कोरियाका उपविदेशमन्त्रीले कडा विज्ञप्ति दिँदै अमेरिकाको गलत मनसाय देखिएको बताएका छन् । उनले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनमाथि प्रश्न उठाएका छन् । बोल्टनले उत्तर कोरियाले तत्काल आणविक भट्टीहरु तत्काल बन्द गर्नुपर्ने बताएका थिए ।

२०७५ जेठ २ गते १८:५६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • जान कमलेश पिटर लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २०:२९

    ट्रांपले धर्मान्तरण गर्ने स्वतन्त्रता खोजेको छ. उत्तर कोरियाले दिन्न भन्यो.

    3
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this