बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

गृहमन्त्रीको निर्देशनः सडक नबनाउने ठेकेदारलाई जेल हाल्नुस्

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारहरुको सूची बनाउन निर्देशन दिएका छ्न ।

बिभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं, ललितपुर महानगरपालिका मेयर, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको बैठक बोलाएर गृहमन्त्री बादलले सडक र ट्राफिक व्यवस्थापनबारे यसअघि भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिए ।

निर्णय कार्यान्वयन फितलो देखिएको भन्दै गृहमन्त्रीले असन्तुष्टि जनाएको एक सहभागीले बताए । उनले अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु कुनकुन कार्यान्वयन भए त्यसको विवरण सहित आउन निर्देशन दिए ।

गृहमन्त्री बादलले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारहरुको सूची बनाउन निर्देशन दिएका छन् । उनले भने, ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस् ।’

सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा धुलो, धुँवा हटाउने विषयलाई प्राथमिकता दिँदै गृहमन्त्री थापाले गत फाुगन २९ गते, चैत १ गते र चैत ४ गते यातायात तथा ट्राफिक व्यवस्थापनका विषयमा केन्द्रीत बैठक राखेका थिए ।

तर बैठकले निर्णय गरेको दुई महिना बित्दा समेत अधिकांश निर्णयहरु कार्यान्वयन नभएको पाइएपछि गृहमन्त्रीले तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

२०७५ जेठ २ गते १८:५६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१४ प्रतिकृयाहरू प्राप्त
  • माधव लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:०३

    एकदम ठीक

    31
    0
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:०७

    हो जेल हाल्ने र,

    तिनको कम्पनी र परिवारको नाममा रहेको बैंक खाता,

    रोक्का गरि पासपोर्ट जफत गरिदिउ,

    अनि काममा जाँगर चलाउछन कि ?

    43
    1
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:५४

    सवै नेत्रीत्व कर्ताको बोलिमा वज़न चाहिएको छ ।

    29
    0
    Share

  • मदन कुमार श्रेष्ठ लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:५२

    गृह मन्त्री ज्यूको कुरा डिक हो कर्मचारी लाई पैसा खुवाएर यहा तमासा देखाएको हो यस्ता ठेकेदार लाई जेल हाल्न थाले पछि देश मा कालो धन्दा हराएर लुरुक काम गर्न थाल्छ । मर्दको मानिस वल्ल देश ले फेला पार्दै छ । वधाई गृह मन्त्री ज्यू ।

    2
    0
    Share

  • bedraj adhikari लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:५९

    जागजाग अब जाग न जाग हुनु अब अति भयो अब जाग मुलकको सम्बृद्धिमा अब लाग ।

    3
    0
    Share

  • Kabiraj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:११

    Mantrijyu,jail ta Kam ko supervision garne government officer lai Pani halnu paryo ni haina ra?

    0
    0
    Share

  • k c लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:१४

    it would be better if we talk less and do more.

    0
    0
    Share

  • राजेन्द्र, चोभार लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २३:३२

    सडक नबनाउने लाई जेलामत्र होइन धुलोबाट हुने बिरामी हरुको उपचार पनि गर्न लगाउनु पर्यो। राम्रो केहि नभएको सडक खन्ने अनि बर्सौ सम्म पनि नबनाउने । यदि नबनाउने भए बिगार्नु किन हतारो नि? कस्तो जमाना आयो हाम्रो देशमा।

    4
    0
    Share

  • मोहम्मद मोलायम अंसारी लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २३:४५

    सड़क बिगरेको भएता पनि सड़क मरम्मतको आदेश न दिने हाकिमलाई के गर्ने हजूर. नेपाललाई समान आपूर्ति गर्ने रकसौल – सिमरा राजमार्गको हाल त हेर्नु सरखार !!!

    0
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ०:१७

    राम ब थापा जिन्दाबाद!

    गफ हैन काम चाहियो

    उहाँ लाइ १० वर्ष गृह मन्त्रि दिनु पर्छ

    कुल मान जस्तै चमत्कार गर्नु होला !

    2
    0
    Share

  • Nepal लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ०:४९

    Dear Mantri Jyu,
    We can not just blame the contractor. Planning, design and drawing could be faulty. In such case, the design team could be at fault. Need to study the whole contract documents fist.

    0
    1
    Share

  • Gues लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते २:४६

    101% right. For the first time in Nepal something right is being done. Everyone tries to take advantage of weak government, hopefully not this time.

    1
    0
    Share

  • ram लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ४:१८

    लैान यति गर्यै भनेत म तिम्रेा फेाटेा राखेर पुजै गर्थेँ ।

    0
    0
    Share

  • KB Adhikari लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ६:५१

    दाङको खोला र बाटोमा निर्माणमा लापरवाही गरी जनतालाई दु:ख दिनेलाई पनि तह लगाउनु परेयो मन्त्री ज्यु

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this