Comments Add Comment

विश्वकप खेल्ने इंग्ल्याण्ड टोलीको घोषणा, जोए हार्ट बाहिरिए

२ जेठ, काठमाडौं । विश्वकप फुटबल सुरु हुन २७ दिन बाँकी छ । विश्वभरका उत्कृष्ट ३२ देशले सहभागिता जनाउने फुटबल महाकुम्भका लागि अन्तिम २३ सदस्यीय टोलीको घोषणा हुन थालेको छ ।

जुन ४ तारेख सम्ममा सबै देशले आफ्नो २३ सदस्यीय टोलीको नाम घोषणा गरिसक्नु पर्ने नियम रहेको छ । रसियामा हुन विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ । जसका लागि इंग्ल्याण्डले पनि आˆनो अन्तिम टोलीको घोषणा गरेको छ ।

इंग्ल्याण्डका लागि युरो २०१२, विश्वकप २०१४ र युरो २०१६ मा उत्कृष्ट खेल देखाएका जोय हार्ट टोलीमा पर्न सकेनन् । यो सिजन इंग्लिस पि्रमियर लिगमा म्यानचेस्टर सिटीबाट वेस्ट हृयाममा लोनमा रहँदा उनको खेल उल्लेख्य रहेन ।

को को परे इंग्ल्याण्डको टिममा ?

गोलकिपर – ज्याक बटल्याण्ड, जोर्डन पिकफोर्ड, निक पोप

डिफेन्डर – केल वाल्कर, केयरन टि्रपर, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड, जोन स्टोन्स, ग्रे चहिल, फिल जोन्स, हृयारी माग्युरे, एस्ले योङ, ड्यानी रोज

मिडफिल्डर – इरिक डायर, फाबियन डेल्फ, जोर्डन हेन्डरसन, रुबेन लोˆटस चेक, जेसे लिङगार्ड, डेल अलि

फरवार्ड – हृयारी केन, मार्कस र्‍यासफोर्ड, जेमी भार्डि, ड्यानी वेलब्याक, रहिम स्टर्लिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment