Comments Add Comment

एकीकृत केन्द्रीय कमिटीमा माओवादीलाई ४५ प्रतिशत, चुनाव चिह्न सूर्य

४४१ सदस्यीय केन्द्रीय समितिमा एमालेबाट २४१, माओवादीबाट २०० जना

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने भएको छ ।

जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् ।  कार्यदलले २९९ प्रस्ताव गरेको थियो । माओवादीले ५०-५० को माग गरेपछि विवाद पनि भयो तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ ।

पोलिटब्यूरो तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुका अनुसार एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना ।

केन्द्रीय कमिटी र स्थायी कमिटी मिलाउँदा एमालेका हालका नेताहरु घटुवा हुने छैन । तर, माओवादीमा नेताहरु छान्न मुस्किल छ । बुधबारको बैठकले यसबारे निर्णय गर्ने अधिकार तीन नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिएको छ ।

पार्टी एकताको घोषणा भोलि हुनेछ । बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।

बुधबार विहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment