Comments Add Comment

सडक नबनाउने ठेकेदारलाई जेल हाल्न गृहमन्त्रीको निर्देशन

२ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारहरुको सूची बनाउन निर्देशन दिएका छ्न ।

बिभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं, ललितपुर महानगरपालिका मेयर, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको बैठक बोलाएर गृहमन्त्री बादलले सडक र ट्राफिक व्यवस्थापनबारे यसअघि भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिए ।

निर्णय कार्यान्वयन फितलो देखिएको भन्दै गृहमन्त्रीले असन्तुष्टि जनाएको एक सहभागीले बताए । उनले अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु कुनकुन कार्यान्वयन भए त्यसको विवरण सहित आउन निर्देशन दिए ।

गृहमन्त्री बादलले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारहरुको सूची बनाउन निर्देशन दिएका छन् । उनले भने, ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्नुहोस् ।’

सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा धुलो, धुँवा हटाउने विषयलाई प्राथमिकता दिँदै गृहमन्त्री थापाले गत फाुगन २९ गते, चैत १ गते र चैत ४ गते यातायात तथा ट्राफिक व्यवस्थापनका विषयमा केन्द्रीत बैठक राखेका थिए ।

तर बैठकले निर्णय गरेको दुई महिना बित्दा समेत अधिकांश निर्णयहरु कार्यान्वयन नभएको पाइएपछि गृहमन्त्रीले तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment