सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

एमालेले बहुमतको बलमा पारित गर्न खोजे प्रतिपक्षी रुप देखाउने चेतावनी

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले ‘प्रतिपक्षीय’ भूमिका चेतावनी दिएपछि प्रतिनिधिसभा नियमावली संसदमा पेश हुन सकेन
सभामुख कृष्णवहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्राबधान राख्न नहुने अडान लिए । बहुमतले पारित गर्न खोजिए संसद अवरोध गर्ने चेतावनी दिएपछि संसदको बुधवारको बैठकको कार्यसूचीमै राखिएन ।

सत्तारुढ दल एमालेले भने मतदानबाट भने पनि निमायवली टुंगो लगाउनुपर्ने अडान लिएको छ । हत्या, बलात्कार, भ्रष्टाचार लगायत नैतिक पतन ठहरिने कसुरमा सांसद पक्राउ परेमा स्वतः निलम्बनको व्यवस्था गर्नुपर्ने पक्षमा एमाले छ ।

यसअघि कांग्रेस र मधेसवादी दलहरुको बिरोधपछि निमायवली मस्यौदा समितिले निलम्बन शब्द नराखी सेवा सुविधा र सांसदको हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको थियो ।

तर, एमाले सांसदहरुले कुनै पनि सांसद फौजदारी अभियोगमा पक्राउ परेपछि स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका छन् । दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभामा मतदानबाट टुंगो लगाउनुपर्ने पक्षमा एमाले उभियो । तर, कांग्रेसले मतदानमा लगिए प्रतिपक्षीय रुप देखाउने भन्दै संसदमा अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस कुनै पनि सांसदलाई फौजदारी अभियोगमा पक्राउ पर्नासाथ निलम्बन गर्न नहुने पक्षमा उभिएको कांग्रेस नेता मीन विश्वकर्माले स्वीकार गरे ।

अदालतमा पुष्टि नभएसम्म अभियोग लाग्दैमा निलम्बन गर्न खोज्नुले नियतमै शंका उब्जिएको उनले बताए । विश्वकर्माले भने, ‘एमाले किन सांसद निलम्बनको पक्षमा उभिएको छ ? हामीलाई शंका लागिरहेको छ, अभियोग प्रमाणित नभई कुनै पनि सांसदलाई निलम्बन गर्नु हुँदैन । बहुमतको आडमा मतदानमा लगिए हामीले प्रतिपक्षीय रुप देखाउन बाध्य हुनेछौं ।’

एमालेले भने हत्या, बलात्कार र भ्रष्टाचारमा पनि सांसदलाई उन्मुक्ति दिने पक्षमा कांग्रेस उभिएको आरोप लगाएको छ ।

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले नैतिक पतन देखिने र फौजदारी अभियोगमा पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने अडानबाट एमाले पछि नहट्ने बताइन् ।

यसअघि पनि कांग्रेस भ्रष्टाचारमा जेल सजाय पाएका, बलात्कारमा सजाय पाएका र हत्या अभियोगमा पक्राउ परेकाहरुले पनि चुनाव लड्न पाउनुपर्ने पक्षमा उभिएको एमालेको आरोप छ ।

कांग्रेस सांसद विश्वकर्माले भने एमालेले विपक्षी सांसदहरुलाई फौजदारी अभियोगमा फसाएर सांसद निलम्बन गराउँदै जाने षड्यन्त्रमा लागेको आशंका भइरहेको बताए ।

सभामुख कृष्णबहादुर महराले नियमावली सकेसम्म सहमतिमा ल्याउन कार्यसूचीमा नराखेको जानकारी दिए ।

२०७५ जेठ ३ गते ४:१५ मा प्रकाशित (२०७५ जेठ २ गते २०:१६मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • Birendra gaule लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ५:३०

    अपराध अनुसन्दान पर्भाबित हुने हुदा निलम्बन गरिनु अाबशयक छ् ।

    3
    0
    Share

  • P S लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ६:१४

    त्यसो भए कांग्रेस भ्रष्टचारी, बलात्कारी र फाैजदारी गर्नेहरूको पार्टी भयो ।

    9
    1
    Share

  • Prakash लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ६:५२

    It proves that Nepali Congress is full of corrupts and criminals. There are many more currupts like Govind Raj Joshi, Chiranji Wagle, Khum B.Khadka and other criminals.

    6
    1
    Share

  • Manish Shrestha लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ११:४६

    अब सांसदहरुलाई पदमा रहुन्जेल र सकेसम्म आजीवन कुनै पनि ऐन, नियम, कानुन नलाग्ने बनाउनु प¥यो । पञ्चायतकाल र बहुदलकालमा राजपरिवार संविधानभन्दा माथि भएजस्तै । सांसदलाई कुनै अदालतमा मुद्दा चलाउन नपाइने, संसद वा अन्य कतै उनीहरुको कामकारवाही सम्बन्धमा प्रश्न उठाउन नपाइने, जुनसुकै जघन्य अपराधमा आरोप लागेपनि पक्राउ र अनुसन्धान गर्न नपाइने व्यवस्था गर्न लाग्नुप¥यो भनेर सबै कांग्रेसीहरुलाई अनुरोध गर्दछु ।

    6
    1
    Share

  • किसोर लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:३०

    हत्यारा, वलात्कारी,चोरी,डकैत तथा भ्रष्टाचारी सांसदहरुलाई कानुनी कारवाही गर्नु हुन्न भन्ने कांग्रेसलाई,के नेपाली जनताले पार्टी मान्ने ? अव तस्करहरुको संगठन भने हुन्न र !नभए लोकतन्त्रमा संविधान भन्दा माथि कोही हुन्न भन्ने कुरा नेपाली कांग्रेसलाई हेक्का छ कि छैन ?

    |
    २)भ्रष्टचारीलाई
    ३)

    6
    1
    Share

  • Binod लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १४:५२

    Nepali Congress किन सांसद निलम्बनको विपक्षमा उभिएको छ ? हामीलाई शंका लागिरहेको छ ।

    0
    0
    Share

  • संदेश राई लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १५:१७

    कांग्रेसलाई त्यसै नेपाली जनताले लोक्पा दिएको हैन अब आउने चुनाबमा त शुन्य नै बनाउनु पर्ने जरुरी देखिन्छ | के संसदले जे गरे पनि हुने ? अपराध गरेर निलम्बन नै गर्न नमिल्ने कानुन त कांग्रेस जस्तो भ्रस्टचारी पार्टीले भन्दा अरु कसले बनाऊछन् त ? त्यहि भएर नेपाली जनताले नेपाली कांग्रेसलाई अब इतिहासमा मात्र पढन पाइने पार्टी बनाउनु अत्यन्तै आवश्यक छ |

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this