Comments Add Comment

एथलेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि

३ जेठ, काठमाडौं । एथलेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ । फाइनल खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले उपाधि जितेको हो ।

एथलेटिकोलाई उपाधि दिलाउने क्रममा एन्टोनी ग्रिजमनले दुई गोल गरे । अर्को एक गोल कप्तान गावीले गरे ।

खेलको २१ औं मिनेटमा गावीको पासमा ग्रिजमनले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा उनले दोस्रो गोल गरे । उनी म्यान अफ दि म्याच भए । अर्को एक गोल ८९ औं मिनेटमा गावीले थपेका थिए ।

एथलेटिको युरोपा लिगमा च्याम्पियन बनेको यो तेस्रोपटक हो । उसले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि उचालेको थियो ।

सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment