Comments Add Comment

पन्जाबमाथि मुम्बईको ३ रनको रोमाञ्चक जित

३ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले किंग्स इलाभेन पन्जाबमाथि ३ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

मुम्बईले दिएको १८७ रनको लक्ष्य पछ्याएको पञ्जाव निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन मात्रै बनाउन सक्यो ।

पन्जाबका लागि केएल राहुलले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९४ रन बनाए पनि हार टार्न सकेनन् । यसैगरी आरोन फिन्चले ३५ बलमा ४६ र क्रिस गेलले ११ बलमा १८ रन बनाए ।

बलिङतर्फ जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चिएर ३ विकेट लिए । उनी प्लेयर अफ दि म्याच भए ।

यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १८६ रन बनायो । उसका लागि किरन पोलार्डले ५०, क्रुणाल पाण्ड्याले ३२ र इशन किशनले २० रनको योगदान दिए ।

बलिङतर्फ एन्ड्रयु टाईले चार ओभरमा १६ रन खर्चिएर ४ विकेट लिए ।

यो जितसँगै मुम्बई ईण्डियन्सले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । अंक तालिकामा १३ खेलबाट १२ अंकसहित मुम्बई चौथो स्थानमा आएको छ । जबकी समान १२ अंक भए पनि पन्जाबलाई अगाडिको यात्रा कठिन बनेको छ । किनकी उसको नेट रनरेट -०.४९० छ र उ छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment