बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

मारुतीको निःशुल्क प्राविधिक परामर्श तथा सहयोग

Suzuki
अनलाइनखबर

३ जेठ, काठमाडौं । मारुती सिमेन्टले हरेक निर्माण गुणस्तरीय र मजबुत होस भन्ने उद्देश्यले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ । कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यान हरेक निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय निर्माणमा आवश्यकता अनुसारको प्राविधिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ ।

मारुती सिमेन्टले यस सेवामा ‘मोबाइल कंक्रिट एक्सपर्ट’ भ्यान मार्फत कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जाँच, सम्पूर्ण ढलान सम्बन्धी प्राविधिक जानकारी, गुणस्तरीय निर्माण सामाग्रीहरुको सही छनौट तथा मिश्रणको सही अनुपात एवं यसको कार्यक्षमता बारे जानकारी, भाइबे्रटर र क्युरिङ्ग गर्ने सहि तरिका, कंक्रिट बनाउने सही तरिका साथै गारो र प्लास्टर लगाउने सही तरिका अनि आवश्यकता अनुसार थप प्राविधिक परामर्श तथा सहयोग प्रदान गराउने छ ।

यो सेवा हाल काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन गरिएको र निकट भविष्यमा नै उपत्यका बाहिर पनि शुरु गरिने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले जानकारी गराउनु भयो । मारुती सिमेन्ट कम्पनीले विगतका भिन्न-भिन्न क्षेत्रमा गरेको सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु भन्दा एक कदम माथि उठेर एउटा नयाँ थप प्रयार गरेको छ ।

यस सेवामा निःशुल्क टोल फ्रि नम्बर नेपाल टेलिकम प्रयोगकर्ताका लागि १६६००११७७७७ र एनसेल प्रयोगकर्ताका लागि ९८०१५७३७७७ नम्बरमा कल गरि आफूलाई आवश्यक परेको प्राविधिक सल्लाह सुझाव तथा निर्माणाधीन संरचनाको लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सकिने छ ।

२०७५ जेठ ३ गते ८:१५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this