शुक्रबार, ११ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

२७ स्थानीय तहरुमा एनआईसी एशिया बैंक

Suzuki
अनलाइनखबर

३ जेठ, काठमाडौं । एनआईसी एसिया बैंकले कुनैपनि बाणिज्य बैंकको सेवा नपुगेका २७ स्थानीय तहहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग यस बंैकले प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानमा सेवा सुरु भएको हो ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बंैकको रुपमा आफ्नो पहिचान बनाईरहेको ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आईरहेको बैंकले जनाएको छ ।

बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भैसकेको छ ।

२०७५ जेठ ३ गते ८:२० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • nayabichar लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ९:५३

    More branch more collection more invest n more service.nic bank ko Kam ramro chhan. Swift kanda k vayo jankari payiyos.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this