Comments Add Comment

११७ दिनमा सातै महादेशका शिखर चढेर किर्तिमान


अष्ट्रेलियाका एक पर्वतारोहीले केवल १ सय १७ दिनमा सातै महादेशका सर्वोच्च शिखरको आरोहण गरी दुर्लभ विश्व किर्तिमान कायम गरेका छन् ।

३६ वर्षका स्टिभ प्लेनले सोमबार विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरेसँगै यस्तो किर्तिमान कायम गरेका हुन् ।

योसँगै उनी सबैभन्दा छोटो समयमा सात महादेशका सर्वोच्च शिखर चढ्ने मानिसको रेकर्ड आफ्नो नाममा पारे ।

यसअघि यो किर्तिमान पोल्याण्डका जानुस्ज कोचांस्कीको नाममा थियो । उनले १२६ दिनमा सातै महादेशका ७ सर्वोच्च शिखर चढेका थिए ।

पर्थका बासिन्दा प्लेनले गत जनवरी १६ मा अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सेनको आरोहण गरी अभियानको सुरुवात गरेका थिए । त्यसपछि उनले दक्षिण अमेरिकाको अकाउन्कागुआ , अफ्रिकाको किलिमन्जरो, अस्ट्रेलियाको माउन्ट कार्सटेन्स्ज पिरामिड, युरोपको माउन्ट एल्ब्रुज, उत्तर अमेरिकाको डेनाली र अन्त्यमा सगरमागाको आरोहण गरे ।

स्मरण रहोस् सन् २०१४ मा एक दुर्घटनामा परी उनी गम्भीर घाइते बनेका थिए । तर त्यसपछि पनि उनमा आत्मविश्वास र साहसको घटेन र दुर्लभ किर्तिमान आफ्नो नाममा लेखाउन सफल भए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment