Comments Add Comment

पहिरोले अबरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

फाइल तस्वीर

३ जेठ, चितवन । पहिराेले बिहीबार बिहानैदेखि अबरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

यो सडक खण्डकाे इन्छाकामना गाउँपालिका–६, कालीखोलामा खसेको पहिराे पन्छाएपछि बन्द राजमार्गकाे अावागमन सुचारू भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो बिहान ७ः४५ बजे पन्छाइएकाे छ ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment