Comments Add Comment

आलियाले आफ्ना पुराना लुगा लिलामी गर्ने


बलिउड नायिका आलिया भट्टको आजकाल भुईंमा खुट्टा छैन । किनकी उनको प्रमुख भूमिका रहेको फिल्म राजीले नसोचेको व्यापार गरिरहेको छ । राजीको सफलताले आलियाको स्टारडम निकै बढाएको छ । यही मौकामा उनले एउटा घोषणा गरेकी छन् ।

उनले आफ्ना पुराना लुगाहरु लिलामी गर्ने र त्यसबाट आएको रकम च्यारिटीलाई दिने घोषणा गरेकी हुन् । अलियाका अनुसार उनी कुनै पनि लुगा २–३ पटकभन्दा बढि लगाउँदिनन् । कुनै लुगा त एकचोटि पनि नलगाइकन पुराना हुन लागेका छन् । त्यसैले उनी यस्ता लुगाहरु बेच्ने सोचाईमा पुगेका हुन् ।

केही दिनअघि बलिउड अभिनेता अक्षयकुमारले एउटा फिल्ममा लगाएको आर्मी युनिफर्म लिलामी गर्ने घोषणा गर्दा समस्यामा परेका थिए । उनीमाथि एक व्यक्तिले लिगल नोटिस पठाएपछि उनले त्यो काम रोकेका छन् । आलिया भने आफूलाई त्यस्तो अप्ठेरो आइनपर्नेमा ढुक्क छिन् । त्यसो त यस्तो अभ्यास हलिउडका सेलिब्रिटीहरुले पनि बेलावखत गर्ने गरेका छन् । त्यसैलाई बलिउड सेलिब्रिटीले नक्कल गर्न खोजेका हुन् ।

आलियाले दुई दिनसम्म आफ्ना लुगाहरु लिलामीमा राख्ने र बढि मूल्य कबोल गर्नेलाई बेच्ने बताएकी छिन् । हेरौं उनका थोत्रा लुगा कति मूल्यमा विक्ने हुन् । सेलिब्रिटीको थोत्रा चिजलाई पनि अमूल्य ठानेर मोल हाल्ने फ्यानहरुको भारतमा कमी कहाँ छ र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment