Comments Add Comment

मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज हुने


३ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रुपमा लगाउँदै आएको अतिरिक्त शुल्क  खारेज गर्न पहल थालेको छ ।

श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत बताएको छ । मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।

मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ ।

तर, यसबाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनुपर्छ । भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ ।

त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ । माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ ।

दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए-नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको छ ।

झण्डै पाँच वर्षअघिदेखि मलेसियन सरकारकै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन् ।

तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको छ ।

एकपक्षीय रुपमा लगाइएका यस्ता सिन्डिकेटले गरिब कामदार मर्कामा परेका छन् । दुईदेशका बीचमा भएका कुनै पनि सम्झौतमा यस्ता अतिरिक्त शुल्क उठाउने विषय उल्लेख छैन’ मनत्री बिष्टले भने, केही समयमा यी एकपक्षीय शुलक खारेज हुनेमा हामी विश्वस्त छौं ।

उनले अन्य खाडी मुलुक जाने कामदारमाथि लगाइएका शुल्क पनि खारेज गर्न पहल सुरु भएको बताए । त्यसको खारेजीका लागि आफूहरुले पहल थालेकाले केही समयमा परिणाम आउो उनले दावी गरे ।

मन्त्री बिष्टले यस्ता शुल्कहरुलाई नेपालको कानुनले पनि निशेष धरेकाले कानुनबमोजिम नै यसलाई खारेज गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment