Comments Add Comment

२५ लाख पारिश्रमिकको बारे यसो भन्छन् प्रदिप


नायक प्रदिप खड्का चलचित्रको सफलतासँगै निरन्तर चर्चामा छन् । प्रदिपको चलचित्रको व्यापारको चर्चा त हुन्छ नै, साथमा उनको पारिश्रमिकको पनि चर्चा खुबै हुने गरेको छ । चलचित्र ‘लिलिबिली’का लागि २२ लाख पारिश्रमिक लिएर चर्चामा आएका प्रदिपले अहिले नयाँ चलचित्र ‘रोजी’का लागि २५ लाख पारिश्रमिक लिएको चर्चा छ । एकपछि अर्को चलचित्रमा महंगो पारिश्रमिक लिएर काम गरिरहेका नायक खड्का अहिले भने आफ्नो पारिश्रमिकको बिषयमा बोल्न खासै चाहँदैनन् ।

के तपाइले ‘रोजी’ चलचित्रका लागि २५ लाख पारिश्रमिक लिनुभएको हो भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने–‘म बजेटको बारेमा खासै खुलेर कुरा गर्न चाहन्नँ । किनकी, चलचित्रको बजेट, मेरो पारिश्रमिकको कुरा आउँदा चलचित्र मेकिङ सस्तो हुन थाल्यो ।’

प्रदिपले अगाडि भने–‘हिजोआज मानिसहरुलाई के लाग्न थालेको छ भने, एउटा जग्गा बेचिदियो भने चलचित्र बन्ने रहेछ । निकै सस्तो रुपमा चलचित्र मेकिङ सोच्न थालिएको छ ।’ प्रदिपले चलचित्र मेकिङ सजिलो नभएको भन्दै यसलाई सस्तो रुपमा नसोचियोस् भन्नकै लागि चलचित्र र आफ्नो बजेटको बिषयमा कुरा गर्न सहज नलागेको बताए ।

उनले, भोली चलचित्र रिलिज भएपछि दर्शकले आफूले २ रुपैयाँ लिन पनि लायक नभएको भनेर विश्लेषण पनि गर्न सक्ने वा निकै प्रशंसा पनि गर्न सक्ने बताए । नायक खड्काले काम गर्न लागेको चलचित्र ‘रोजी’को शुभसाइत वुधबार गरिएको छ । जेठ ६ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

‘रोजी’ मुहुर्तः प्रेमिका हत्याको आरोपमा अदालतमा उभिए प्रदिप(फोटो फिचरसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment