Comments Add Comment

मलेसियाका पूर्वप्रधानमन्त्रीको निवासमा रातभर खानतलासी

मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाकको घरमा प्रहरीले छापा हानेको छ ।

सरकारद्वारा सञ्चालित वान मलेसिया डेभलपमेन्ट बहार्ड (वानएमडिबी) कोषबाट ७०० मिलियन भष्ट्राचार गरेको प्रमाण खोज्नको लागि प्रहरीले उनको घरमा छापा हानेको हो ।

गत हप्ता भएको निर्वाचनबाट महाथिर मोहम्मद प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले वानएमडिबी भष्ट्राचार काण्डमा नजिवमाथि छानबिन गरी कारवाही गरिने बताएका थिए ।

नजिवका वकिल हरपल सिंहका अनुसार सम्पत्ति शुद्धिकरणविरुद्धको कानूनको आधारमा गरिएको उक्त खानतलासी ६ घन्टासम्म स्थानीय समयअनुसार ४ बजेर २० मिनेट जाँदासम्म चलेको थियो ।’

‘यो घर धेरै नै ठूलो छ र उनीहरुले हरेक कोठामा खानतलासी गर्नुपर्ने भएकाले धेरै समय लाग्यो, प्रहरीहरुले केही व्यक्तिगत सामानहरु, हृयान्डब्याग र कपडाहरु लगेका छन् खासै गम्भीर कुरा केही पनि छैन’ उनले थपे ।

प्रहरीले घरभित्र खानतलासी गरिराख्दा बाहिर १०० जना जति स्थानीय र पत्रकारहरु उपस्थित भएका थिए जसमध्ये केही स्थानीय भने छापा हानेकोमा असन्तुष्ट थिए ।

‘नजिवलाई आज राति नै पक्राउ गरिन्छ कि भन्ने लागेर हेर्न आएको’ भीडमा रहेकामध्ये एक भिकेन्सन् सुब्रमनियमले भने । उनी आफ्नो मोटरसाइकल चढेर त्यहाँ आएका थिए । उनी र अन्य मानिसहरुलाई प्रहरीले सडकमा घेराबाट बाहिर राखेको थियो ।

बुधबार राति १० बजेतिर नजिव मस्जिदबाट प्रार्थना गरेर र्फकदै गर्दा एक्कासी एक दर्जनभन्दा धेरै प्रहरीको गाडीहरु नाटकीय रुपमा आएपछि उनलाई पक्राउ गरिने अनुमान धेरैले लगाएका थिए ।

बिहान ४ः४५ बजेसम्म प्रहरीको गाडीहरु क्वालालाम्पुर नजिकैको जालान दता जिल्लामा रहेको नजिवको बङ्गला अगाडि नै थिए । त्यहाँ पक्राउ गरिएको मानिसलाई बोक्ने प्रहरीको ब्ल्याक मारिया गाडी पनि थियो ।

नेसनल बेर्नामा न्युज एजेन्सीले स्रोतलाई उधृत गर्दै प्रहरीले नजिवको १ एमडीबीसँग सम्बन्धित दस्ताबेजहरुको खोजी गरिरहेको र उनको घरबाट प्रहरीको ट्रकमा धेरै बाक्साहरु लोड भएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment